जातीय संघियताले देश चलाउन सकिदैन: एमाले वरिष्ठ नेता नेपाल

२ कार्तिक २०६९, बिहीबार २०:५२ मा प्रकाशित

काठमाडौँ, २ कात्तिक । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले नेपालजस्तो मुलुकमा जातीय सङ्घीयता चल्न नसक्ने बताउनुभएको छ । एमाले उपत्यका विशेष समन्वय कमिटीद्वारा विजया दशमीको उपलक्ष्यमा आज यहाँ आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा नेता नेपालले जातीय सद्भाव बढाउन, सबै जनजातिको पहिचान, अधिकार, पहुँच र प्रतिनिधित्व निर्वाध रूपमा हुनुपर्ने पक्षमा एमाले रहेको बताउनुभयो । वर्तमान सरकारलाई कुनै पनि हिसाबले राख्ने, टिकाउने, जोगाउने पक्षमा आफ्नो पार्टीलाई स्वीकार्य नभएको उल्लेख गर्दै उहाँले संविधान निर्माणको कामलाई राष्ट्रिय अभिभाराका रूपमा पूरा गर्ने कामलाई एनेकपा (माओवादी)ले अलमल्याउन खोजिएको आरोप लगाउनुभयो । एमाले महासचिव ईश्वर पोखरेलले राजनीतिक पार्टीहरुबीच सहमति हुन नसकेको कारण सङ्कट श्रृजना भएको बताउँदै अहिले राजनीतिक दलहरुबीच संविधानसभा पुनःस्थापना गर्ने र ताजा जनादेशका लागि राष्ट्रिय सहमतिको सरकार निर्माण गरेर अगाडि बढ्नुपर्छ भन्ने प्रस्तावमा छलफल केन्द्रित भइरहेको उल्लेख गर्नुभयो । संविधानसभा पुनःस्थापना गर्नु राजनीतिक, नैतिक, संवैधानिक र व्यावहारिक हिसाबले उल्टो दिशातिर लैजाने कोसिस हो भन्दै उहाँले भन्नुभयो, “संविधानसभाबाट सहमति भएका कुरालाई दस्तावेजको रूपमा राखेर सहमति हुन नसकेका बाँकी काम सम्पन्न गर्नका लागि ताजा जनादेश लिने कुरा कहिलै पनि प्रतिगामी हुँन सक्दैन, त्यो अग्रगामी हुन्छ, हामी अग्रगामी प्रस्तावमा उभिनुपर्छ ।” कार्यक्रममा एमाले उपत्यका विशेष समन्वय कमिटीका संयोजक कृष्णगोपाल श्रेष्ठ, चन्द्र रिजाललगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

खोटाङ । मानसिक सन्तुलन गुमाएका बुबा रघुवीर विश्वकर्माले सुनकोसीमा हाम फालेर ज्यान गुमाए । बनिबुतो गर्दै लालनपालन गरिरहेकी आमाले पनि

काठमाडौं । पछिल्लो समय भिडियोमा खोजिनेमध्येकी एक मोडल हुन्, मलिका महत । फिल्म ’यात्रा ः द म्युजिकल भ्ल्ग’मार्फत रजतपटमा डेब्यु

दुबई । भारतमा जारी १४ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि चेन्नई सुपर किंग्सले जितेको छ । गएराति

खोटाङ । खोटाङमा ससुरालीबाट टिका थापेर घर फर्कनेक्रममा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३