राजेन्द्रको राजमा रंगीन रात

१ कार्तिक २०६९, बुधबार २२:५५ मा प्रकाशित

अपराध नियन्त्रणमा आफूलाई दक्ष भन्न रुचाउने नेपाल प्रहरीका डीआइजी राजेन्द्रसिंह भण्डारीको सयनकक्षकै सामुन्ने पोखरामा रातभरी नांगो नाच, छाडा यौनजन्य गतिबिधि र लागुऔषधको सेवनबाट युवा युवतीहरू लटि्ठएर ढल्दा पनि प्रहरी रमिते बनेपछि पोखरामा प्रहरीले अवैध क्रियाकलापहरूमा छुट दिएको ठहर भएको छ। गत सातामात्र पोखरामा गुडनाइट पार्टी नाम दिएर खुल्लेआम यौनजन्य क्रियाकलापहरूमात्र भएनन्, भर्खर स्कूल र कलेज पढ्ने किशोरकिशोरीहरू लागुऔषध तथा मदिरा जस्ता नशालु पदार्थले लटि्ठएर सम्हालिनसक्नु अवस्थामा थिए। निजी सुरक्षा गार्ड कम्पनीहरूबाट खटिएका सुरक्षाकर्मीले सुरक्षा दिएको त्यो गुडनाइट पार्टी साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म चलेको थियो। पोखराका तेर्सापट्टीस्थित सीएम स्वीमिङ पुलमा आयोजित पार्टीमा सहभागीहरू पानीमा डुबेर पनि यौनमज्जा लिइरहेका थिए। एक युवकले आफ्नो प्रेमिकालाई आगालो मारेर किस गर्न थालेपछि अर्का एक युवकले आक्रमण गर्दा पार्टीमा होहल्ला भएको थियो।
प्रहरीले गुडनाइन पार्टीको बारेमा जानकारी नपाउने कुरै थिएन। त्यहाँ शुरुमा सामान्य पहिरनमै पुगेका युवा युवती तथा किशोरकिशोरीहरू नशा चढ्दै गएपछि एकपछि अर्को गरी कपडा खोल्दै मध्यरातमा पुगेपछि लगभग नग्न अवस्थामा पुगिसकेका थिए। नशा र चर्को आवाजको पश्चिमा डिस्को संगीतमा झुमेका युवायुवती गुडनाइट पार्टी स्थलमै यौनजन्य क्रियाकलापमा संलग्न भइसकेका थिए। पार्टनर फेर्ने प्रतिस्पर्धा निकै रोचक बनिसकेको थियो। अत्यधिक मदिरा तथा लागु औषधको नशा तथा यौन सम्बन्धका कारण एक किशोरी कार्यक्रमस्थलमै बेहोस भएर ढलेपछि आयोजकहरूको भागाभाग भएको थियो। उनलाई गुपचुप रुपमै होसमा ल्याएर उद्धार गरिदासम्म पनि प्रहरी बेखबर जस्तै बनेको पीडितहरूले बताएका छन्। पार्टीमा सहभागी अधिकांश युवतीहरू ब्रा र पेन्टी मात्र लगाएर नाचिरहेका थिए। एक युवतीलाई तीन जनासम्म युवाहरूले पालो गरी गरी नशामा लठ्याएर सहवास गरेको दृश्य समेत आफूले देखेको पार्टीमा सुरक्षा दिएका एक सुरक्षागार्डले बताए। गुडनाइट पार्टी भनिए पनि त्यसलाई अत्यन्तै गोप्य राखिएको थियो। तर कार्यक्रमस्थलमा पुगेका एक व्यक्तिले खिचेका फोटोहरू भोलिपल्टै बेबसाइटहरूमा आएपछि प्रहरी बल्ल झस्कियो। आयोजकहरू फरार भएका छन्। पोखरामा यस्ता पार्टीहरू पटक–पटक हुने गरेका छन्। कतिपय युवती यस्ता पार्टीमा गएर बलात्कारको शिकार समेत भइसकेका छन्। तर न त आयोजकहरूले चेतेका छन् न त प्रहरी नै सक्रिय भएको छ। अभिभावकहरूले समेत आफ्ना सन्तान कहाँ जान्छन् के गर्छन् भन्नेमा ध्यान नदिदा युवापुस्ता पथभ्रष्ट बनेको छ। प्रस्तुत तस्वीर सोही गुडनाइट पार्टीको हो। हामीलाई थाहा छ, यस्तो तस्वीर छाप्नु पत्रकार आचारसंहितासँग मेल खाँदैन भन्ने कुरा। तर पनि समाजमा यस्तासम्म गतिबिधि भइरहेका छन् तर प्रहरी चाहिँ सम्साँझै भात खाने होटल बन्द गराउन पुग्छ तर यस्ता अवैध क्रियाकलाप निर्वाध सन्चालन गर्न दिन्छ भनेर यो देखाइएको हो।

प्रतिक्रिया
सम्बन्धित खवर

बलिउड अभिनेत्री अलाया एफ सामाजिक सञ्जालमा निकै सक्रिय छिन्। उनी प्राय: आफ्ना हट र बोल्ड तस्वीरहरु फ्यानहरुसँग सेयर गर्छिन्। अहिले

एजेन्सी । बलिउड अभिनेता ज्याकी श्रफकी छोरी कृष्णा श्रफ आफ्नो बोल्डनेशका कारण प्राय चर्चामा आईरहन्छिन् ।फिल्मी तथा ग्ल्यामरस क्षेत्रबाट दुरी बनाएकी

काठमाडौं । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजलाई भारत छोड्न प्रतिबन्ध लगाइएको छ । उनलाई आइतबार मुम्बई विमानस्थलमा रोकिएको हो । उनी

निया शर्मा एक अभिनेत्री हुन् जसको चर्चा अभिनय वा मोडलिङभन्दा सामाजिक सञ्जालमा गरिएको पोष्टको कारण निकै चर्चित हुने गरेकी छिन्

आजको प्रमुख समाचार