भारत भ्रमणमा रहेकी अस्ट्रेलियाकी प्रधानमन्त्री चिप्लिएर लडिन्

१ कार्तिक २०६९, बुधबार २०:५९ मा प्रकाशित

एजेन्सी, १ कात्तिक । भारत भ्रमणमा रहेकी अस्ट्रेलियाली प्रधानमन्त्री जुलिया गिलार्ड नयाँ दिल्लीको राजघाटस्थित गान्धी मेमोरियलबाट फर्कने क्रममा चिप्लिएर लड्न पुगेकी छिन् । स्कर्ट र हिल जुत्ता लगाएर भिजेको घाँसमा हिँडिरहेकी जुलिया चिप्लिएर अकस्मात् लडेपछि पुरुषहरुले उठाउनु परेको थियो। उनी हातले टेक्ने गरी भूँइमा लड्न पुगेकी थिइन् । सहयोगीहरुले उठाएपछि उनी पूर्ववत् हिँडेकी थिइन् । यो घटनाका कारण उनले आफ्नो व्यस्त कार्यक्रम तालिका कुनै पनि परिवर्तन गरिनन् । तीन दिने राजकीय भ्रमणको अन्तिम दिन यो घटना भएको थियो । उनलाई राजघाट जाँदा बुट लगाउन सुझाव दिइएको थियो। तर स्कर्टमा बुट लगाउँदा आफ्नो देश अस्ट्रेलियामा फेसन पण्डितहरुले आलोचना गर्लान् भन्ने डरले उनले हाइ हिल जुत्ता लगाएको बताएकी छिन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

न्युयोर्क । कोभिड महामारी अर्को वर्ष पनि फैलिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रक्षेपण गरेको छ । गरिब देशका नागरिकले

उत्तराखण्ड । भारतको उत्तराखण्डमा भारी वर्षापछि आएको बाढी पहिरोमा कम्तिमा १७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन नेपाली

ढाका । बंगलादेशमा अल्पसंख्यक हिन्दू र मुस्लिम समुदायबीच भएको हिंसामा एक सातामा हिन्दू धर्मालम्बीका कम्तिमा ३० घरमा आगो लगाइएको छ

लन्डन । बेलायतमा शनिबार चौथो दिनसम्म पनि कोरोना भाइरसका ४० हजार भन्दा बढी कोरोना सङ्क्रमित भेटिएका छन् । कोरोना भाइरसको