राजतन्त्र कुनै हालतमा फर्कन्न : सूर्यबहादुर थापा

७ चैत्र २०६८, मंगलवार २३:१९ मा प्रकाशित

काठमाडौ, ७ चैत । राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले जेठ १४ मा संविधान नबने पनि नेपालमा राजतन्त्र फर्कन नसक्ने बताउनु भएको छ । थापाले संविधान सभाको पहिलो बैठकले गणतन्त्र कार्यान्वयन भएको घोषणा गरेकाले जनताको निर्णय उल्टन नसक्ने बताउनु भएको हो ।
आफ्नो ८५औं जन्मोत्सवको अवसरका आयोजित चियापान समारोहमा राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष  थापाले संघीयता र गणतन्त्रबाट कुनै पनि हालतमा देश पछि फर्कन नसक्ने बताउदै संघीयता र गणतन्त्रको विषय जनताबाट निर्णय भैसकेको हुदाँ अब अन्य निर्णय हुननसक्ने दावी समेत गर्नु भयो । थापाले जातीय र धार्मिक आधारमा संघीयता भयो भने देश विखण्डन हुनसक्ने खतरा औंल्याउदै राष्ट्रियतामा आँच आउन नदिने हो भने पाँच प्रदेश उपयुक्त हुने सुझाव पनि प्रस्तुत गर्नु भयो ।
जेठ १४ मा संविधान बनेन भने मुलुक ठुलो दूर्घटनामा फस्ने चेतावनी दिदैं जेठ १४ मा पनि संविधान बन्ने लक्षण नभएकोले दुर्घटना बाट मुलुकलाई बचाउन वृहत् प्रजातान्त्रिक एकतामा जोड दिनु भयो ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता विवादमा निर्वाचन आयोगको फैसलाविरुद्ध महन्थ ठाकुरले दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम

रुपन्देही । लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री वलीले आफू नेकपा माओवादी केन्द्रमै रहेको बताउनुभएको छ । एक हप्तादेखि पार्टीसँग

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल भएको छ । नयाँदिल्लीस्थित एपोलो अस्पतालमा नेता

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रमलाई टुङ्गो लगाउन आज बुधबार तेस्रोपटक बसेको सत्तारुढ गठबन्धन कार्यदलको बैठकले राष्ट्रिय योजना आयोगको समेत