मुलुकको समस्याको मूल कारण एमाओवादी: एमाले वरिष्ठ नेता नेपाल

१ कार्तिक २०६९, बुधबार १९:५३ मा प्रकाशित

सुन्दरीजल, १ कात्तिक । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकको समस्याको मूल कारण एनेकपा (माओवादी) भएको बताउनुभएको छ । विजयादशमी, दीपावली तथा छठ पर्वको अवसरमा मदन आश्रित स्मृति प्रतिष्ठान र प्राविधिक शिक्षालयले आज गोठाटारमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान समारोहलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । एमाओवादी अध्यक्ष प्रचण्डले राष्ट्रपति निवास शीतलनिवासमा असोज मसान्तसम्म समस्या समाधान गर्छौं भनी झुट बोलेको उहाँको भनाइ थियो । लडाकुका नाममा समेत एमाओवादीले रु १७ अर्बभन्दा बढी भ्रष्टाचार गरेको भन्दै उहाँले सत्ताको निम्ती माओवादीले सहमति र संविधान त्यागेको बताउनुभयो ।

एमाले नेता एवम् प्रतिष्ठानका अध्यक्ष प्रदीप नेपालको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्का निर्देशक गोपालकृष्ण श्रेष्ठ, त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानका डीन भरतराज पहारीलगायतका वक्ताले मदन आश्रित प्राविधिक शिक्षालयका विषयमा प्रकाश पार्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चैतभित्र सबै नेपाली नागरिकलाई कोरोनाविरूद्धको खोप लगाइसक्ने बताएका छन् । बिहीबार कोभिड १९ संकट व्यवस्थापन

जाजरकोट । स्वास्थ्य सेवा कार्यालयबाट ७२ प्रकारका औषधि निःशुल्क पाइने व्यवस्था भए पनि डोल्पाका स्वास्थ्य सेवा कार्यालयमा औषधि नहुँदा समस्या

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज रु २० अर्बको १४ दिन अवधिको रिपो जारी गर्ने भएको छ । बैंकले यही

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाक्री वीर अस्पताल भर्ना भएकी छन्। निमोनियाका कारण मन्त्री झाक्री गएराति वीर अस्पताल भर्ना