दुर्घटना हुदा दुई जनाको मृत्यु

१ कार्तिक २०६९, बुधबार १९:४९ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही १ कार्तिक । पाल्पाको दर्लमडाडाबाट तानसेन आउदै गरेको लु १ ज २१६९ नम्बरको जीप दर्लमडाडा गाविस ७ गेजामा दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा दर्लमडाडा ८ का धनबहादुर गाहा र दर्लमडाडा ३ की गंगा खाम्चा रहेकाछन् । धनबहादुरको घटना स्थलमानै र गंगाको उपचारकालागि युनाईटेड मिशन अस्पतालमा लादै गर्दा मृत्यु भएको हो । घटनामा परि २८ जना घाईते भएकाछन् । उनीहरु सबैको युनाईटेड मिशन अस्पताल पाल्पामा उपचार भैरहेको छ ।

क्षमताभन्दा बढी यात्रु र चालकको लापर्वाहीका कारण दुर्घटना भएको घाईतेहरु बताउछन् । १६ सीट क्षमताको उक्त गाडीले छतमा समेत यात्रु बोकेको थियो । घाईते यदुनाथ गैरे भन्छन्, ‘हिजो साझ पल्लो गाउको रमाईलोमा गएका थिए, रातभरी मादक पदार्थ सेवन पनि गरेछन् त्यसमा पनि अनिन्द्रा अनि गाडी नियन्त्रण गर्नै सकेनन्’ ।

दुर्घटनापछि चालक फरार रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । जीप सडकबाट ५० मिटर तल खसेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

कञ्चनपुर । लगातार चार दिनसम्मकोे वर्षा पछि घाम लाग्न सुरु भएको छ । कञ्चनपुरका किसान झरीले निथ्रुक्क भिजाएको धान सुकाउनमा

काठमाडौं ।नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले एमालेबाट विद्रोह गर्ने क्रममा आफूलाई साथ नदिएका नेताहरुको हरिबिजोग भएको टिप्पणी गरेका छन्।

काठमाडौँ । परराष्ट्रमन्त्री डा.नारायण खड्काले लिपुलेकमा तत्काल जनगणना नहुने संकेत गरेका छन् । शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा परराष्ट्रमन्त्री खड्काले

काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आफूहरुले अहिले पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा नमागेको स्पष्ट पारेका छन्