दशै लगत्तै राष्ट्रिय सहमतिको सरकार: प्रचण्ड

१ कार्तिक २०६९, बुधबार १९:४८ मा प्रकाशित

काठमाडौ, १ कार्तिक । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दशै र तिहारको विचमा सहमतिको राष्ट्रिय सरकार बन्ने दावी गरेका छन् ।
यूरोपको एक साता लामो भ्रमण सकेर आज स्वदेश फर्किएका प्रचण्डले त्रिभुवन विमानस्थलमा सन्चारकर्मीहरुसँग कुराकानी गर्दै आफूले एमाले र काग्रेसका नेताहरुसँग पहिला पनि कुरा गरेको र आजबाट पनि कुरा गर्ने भन्दै सो अवधीमा सहमतिको सरकार बन्ने दावी गरे ।
आफू दशै अघिनै सहमति कायम गरेर मुलुकलाई निकास दिने पक्षमा रहेको भन्दै संविधानसभाको पुनःस्थापनाबाट नै मुलुकले निकास पाउने बताए ।
उनले विवादित विषय थाती राखेर सहमति भएका विषय समेटेर संविधान जारी गर्ने विषयमा एमाले र काग्रेस सकारात्मक भएको भन्दै काग्रेस र एमाले पुनःस्थापनामै आउने विश्वास ब्यक्त गरे ।
बाहिर आए जस्तो प्रधानमन्त्री र राष्ट्रपति वीच कुनै विवाद नभएको भन्दै राष्ट्रपतिको भनाई सम्बन्धमा आफूले कुनै टिप्पणी नगर्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)को सरुवा गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयबाट दसैंपछि कार्यालय

जनकपुरधाम । नेपाल भारतको सीमावर्ती क्षेत्र धनुषाको नगराइन नगरपालिाका एक युवकको घाँटी रेटेर हत्या गरिएको छ । सिरहा जिल्लाको मिर्चैया

‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसीप २०२१’को उपाधि बक्सर खेलाडी अविरल घिमिरेले चुमेका छन् । विश्वका युवा पुस्ताका चर्चित र अनुभवि

जुम्ला । जुम्लाका किसानलाई काली मार्सी धान काट्न चटारो भएको छ । जुम्लाका आठवटै स्थानीय तहमा रहेका खेतका फाँटमा मार्सी