१८ वर्षिया गृष्मा वस्नेतले मिस इकलेज २०१२

१ कार्तिक २०६९, बुधबार १९:३९ मा प्रकाशित

‘नारी व्यक्तित्व विकाशका लागि शिक्षा र सौन्दर्य’ भन्ने मूल नाराका साथ सिजन मिडियाले तीन वर्ष अघिबाट ‘मिस इ कलेज’को आयोजना गर्दै आएको यस प्रतियोगिताको तेस्रो सँस्करण अन्तर्गत आज राजधानीको नाचघरजमलमा सम्मपन्न भएको छ ।

उक् प्रतियोगीता प्रमुख अतिथी माननीय सूचना तथा सञ्चार मन्त्रीज्यू को हातवाट पानसमा वत्ति वाली उद्घाटन गरी शुभारम्भ गरिएको थियो ।
मुलत काठमाण्डौका विभिन्न कलेजहरुमा अध्यनरत रहेर आफ्नो उज्ज्वल भविष्यको तयारीमा लाग्नु भएक सम्पूर्ण छात्राहरुकालागि यो प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताको मुख्य उदेश्य भनेको यस कार्यक्रममा सहभागी छात्राहरुको प्रतिभा उजागर, क्षमता प्रस्तुति, व्यक्तित्व विकासका साथै यसले उहाँहरुको उच्च शिक्षा अध्ययनमा सहयोग र उज्ज्वल भविष्य निर्माणमा सहयोग पु¥याउनु हो ।
प्रतियोगीतामा निर्णायक मण्डलहरु जेभीयर कलेजका शिक्षक सर्जन विसि, वर्षा कलेजका एज’केशन डाइरेक्टर दिपक लिम्वु , अग्नी यएरलाइन्सकी चिफ एयरहोस्तेज अन्जली सर्मा सगरमाथा टेलीभिजनका चिफ एग्जुकेटीम डाइरेक्टर विमल गुरुङ् साथै मिस इकलेज २०१० का विजेता सलोनी नुमाफुकी सहभागी हुनु भएको थियो ।
ज्ञानकुन्ज कलेज वाफलमा कक्षा १२ मा अध्ययनरत १८ वर्षिया प्रतियोगी नं १५ की गृष्मा वस्नेतले मिस इकलेज २०१२ तेस्रो संस्करणको ताजको वाजीमार्न सफल भइन भने वेष्ट हेयर र वेष्ट स्माइल टाइटल पनि हात पारीन त्यस्तै फस्ट रनरअप साउथ वइस्टन स्टेट कलेजमा १२ मा अध्ययनरत दिव्या भण्डारीले मिस फोटोजेनीक फेसकुक लाइक अवार्ड का साथमा फष्ट रनरअपको ताज हात पारीन भने नासा कलेजमा कक्षा १२ मा अध्ययनरत प्रकृति श्रेष्ठले मिस डिसीपीलीनको हवार्ड सहित सेकेण्ड रनरअपको ताज हातपारीन । थर्ड रनरअप रन्जु चापागाइले अगृनाइजर च्याइस अवार्ड पनी हातपारीन साथै फोर्थ रनरअप सर्मीला थापा भइन ।
सुसीला लामाले भियोर्स च्वाइस र वेष्ट स्कीन , सन्जीना श्रेष्ठले मिस ट्यालेन्ट अवार्ड पाइन भने मिस पपुलर सरु वस्नेत , वेष्ट वाक कुन्छाङ तामाङ ,पसृनालीटी सरस्वती दवाडी ,फेन्डसीप अस्मीता तिवारी र इन्टरलेक्चुअल मिङ्मा सेर्पाले हातपारीन ।
प्रतियोगिताका विजेताले मिस इ–कलेज–२०१२ को ताज र उपाधि सहित महेन्द्रा रोडीयो स्कुटर र अन्य , गिफ्ट ह्याम्परहरु साथै एकलाख वरावरको स्नातक तहमा छात्रावृति प्राप्त गर्ने छीन । फस्ट रनर अप र सेकेण्ड रनर अपले भने क्रमशः रु १५ हजार १० हजार नगदको साथै एकलाख वरावरको स्नातक तहमा छात्रावृति को साथसाथै अन्य उपहारहरु प्राप्त गरेका छन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ । सन्नी लियोन को अवतार फेरिएको धेरै भइसकेको छ । उनी बलिउडमा अत्यन्तै छोटो समयमा धेरै र उत्कृष्ट चलचित्र

काठमाडौं । भारत सरकारले सोमबार ६७औं राष्ट्रिय फिल्म अवार्ड प्रदान गरेको छ । उपराष्ट्रपति बेकैया नायडुले सम्मानित तथा पुरस्कृत फिल्म

काठमाडौं। नायक पल शाह र गायिका समीक्षा अधिकारी केही समययता चर्चामा छन् । उनीहरूबीचको अन्तरंग सम्बन्धबारे फिल्मनगरीमा चर्चा चल्न थालेपछि यी

काठमाडौं। अभिनेत्री श्वेता तिवारी बेला बेला चर्चामा आइरहने कलाकार हुन् । उनी अहिले केपटाउनमा छिन् । टेलिभिजन शो ‘खतरों के

आजको प्रमुख समाचार