श्री पशुपतिनाथ फाउन्डेशनको आयोजनामा बडा-दशैं तथा जमरा राख्ने कार्यको शुभारम्भ

१ कार्तिक २०६९, बुधबार ०७:४५ मा प्रकाशित

अमेरिका, ३१ असोज । श्री पशुपतिनाथ फाउन्डेशन अमेरिकाले बडा दशैंको शुरुवात सहित आज जमरा राख्ने कार्यक्रम सम्पन्न गरेको छ। परदेशमा नेपाली सांस्कृति, धर्म र रितिरिवाज परम्पराको निरन्तरताका लागि स्थानिय सत्यनरायण मन्दिरमा पण्डित, स्थानिय नेपाली महिला तथा पुरुष हिन्दू भक्तजनहरूको सहभागितामा दुर्गा भवानीको धार्मिक पूजा-आजा सहित जमरा राखेको छ।
घटस्थापनाको शुरुवाती पवित्र आजको दिनदेखी दशमीसम्म बिहान सात बजेदेखी १० बजेसम्म दैनिक पूजा आज गरि दुर्गा भवानीलाई सम्झन बिगत बर्षदेखी फाउन्डेशनले शुरु गरेको कार्यक्रमको निरन्तरता स्वरुप आजको कार्यक्रमको शुरुवात गरिएको फाउन्डेशनले जनाएको छ।
दैनिक आयोजना हुने पूजामा उपस्थितीको लागि फाउन्डेशनले यस क्षेत्र वरपर बसोबास गर्नुहुने नेपाली समुदायलाई आग्रह गरेको छ।
यसैबीच नेपाली मन्दिर, बुद्ध स्तुपा र सामुदायिक भवन निर्माणको लागि अहोरात्र खटेको फाउन्डेशनको अथक प्रयास र नेपाली समुदायको सहयोगस्वरुप यस क्षेत्रमा निकट भबिष्यमै नेपाली मन्दिरको स्थापना हुन गैरहेको छ। स्थानिय नोर्वाल्क नगरीमा बिक्रिमा रहेको चर्चलाई खरिद गरि, त्यसलाई पुनर्निर्माण गराई नेपाली सांस्कृति झल्काउने मन्दिर स्थापनाको अन्तिम बिन्दुमा पुगिसकेको फाउन्डेशनले जनाएको छ। योजनाको दुई बर्षमै आफ्नो लक्ष्यमा पुगिसकेको फाउन्डेशनले ‘आफ्नो सम्पत्ति’(प्रोपर्टी) खरिद वापत बुझाउनुपर्ने रकमको जोहोका खातिर पदाधिकारीहरू हरेकबखत यो सुखद घडीमा सहयोगको अपेक्षाका लागि नेपाली समुदायसंग हरबखत फोनमै ‘होस्टेमा हैंसे’का याचनाका लागि ब्यस्त रहने गरेका छन्।
फलस्वरुप, एक बिश्वस्त शुत्रका अनुसार घटस्थापनाको दोस्रो पवित्र दिन भोलि कागजी प्रक्रिया सम्पन्न गरि बिदेशी भुमीमा आफ्नै सम्पत्ति स्वरुप नेपालीको पहिलो मन्दिरको थालनी हुनेछ। जसका लागि सम्पुर्ण कागजी, आर्थिक र बैधानिक प्रक्रिया पूरा भैसकेको थाहा भएको छ। र पनि नेपाली समुदायको मन्दिरको बिशाल सपनालाई यथार्थमा परिणत गरी भाडामा संचालन हुने नेपाली कर्यक्रमलाई नेपालीकै आगनमा सम्पन्न गर्ने महान पुण्यका लागि यस क्षेत्रमा बसोबास गर्नुहुने नेपाली, समुदाय र हरेक त्यहाँ र तप्कामा रहनुभएका संसारभरका नेपालीहरूलाई आ-आफुले सक्दो सहयोग गर्नुहुन फाउन्डेशनले आग्रह गरेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

काठमाडौँ- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन रहेको

काठमाडौं । बाग्मती प्रदेशसभामा बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१