सालीको परिक्षा भेनाले दिएपछि…

७ चैत्र २०६८, मंगलवार २३:०२ मा प्रकाशित

राजविराज: सप्तरीमा सालीको परीक्षा दिने भिनाजु समातिएका छन्। सप्तरीको सिस्वा बेल्हीस्थित एसएलसी परीक्षा केन्द्रमा साली रेखाकुमारी चौधरीसँगै बसेर जाँच दिइरहेका भिनाजु जीवन चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।
यसैबीच सप्तरीको छिन्नमस्ता गाविसस्थित कुपही माविका एकजना विद्यार्थीले विद्यालयको लापरबाहीका कारण परीक्षा दिनबाट बञ्चित भएका छन्। टेष्ट पास गरे पनि एसएलसी परीक्षा दिनबाट स्थानीय सनोजकुमार यादव बञ्चित भएका हुन्। प्रवेशपत्र नपाएपछि परीक्षा केन्द्रमा प्रधानाध्यापक बद्रीनारायण दासले प्रवेशपत्र नआएको बताएपछि आक्रोशित विद्यार्थीहरुले कुटपिट गर्न थालेपछि प्रहरीले प्रधानाध्यापकको उद्धार गरेका थिए।
यसैगरी बभनगामा कट्टीस्थित लक्ष्मी बल्लभ नरसिंह उच्च मावि परीक्षा केन्द्रबाट एकजना नक्कली निरीक्षकलाई अनुगमन टोलीले निकालेको छ। जिल्ला शिक्षा कार्यालय सप्तरीका अधिकृत रामदेव चौधरी नेतृत्वको टोलीले नक्कली निरीक्षक रामकुमार यादवलाई परीक्षा केन्द्रबाट बाहिर निकालेको हो। यसैगरी बाँके जिल्लामा प्रवेशिका परीक्षा दिइरहेका एकजना नक्कली परीक्षार्थी पक्राउ परेका छन्। जिल्लाको कोहलपुरस्थित ज्ञानपुञ्ज सगरमाथा उच्च मावि परीक्षा केन्द्रमा विद्यार्थी भरतबहादुर कार्कीको परीक्षा दिइरहेका प्रदीप बुढालाई प्रहरीले पक्राउ गरेको हो।
(श्रोत : साप्ताहिक पत्रिका संजाल )

प्रतिक्रिया
सम्बन्धित खवर

कोराना रोकथाम तथा नियन्त्रण गर्न नलगाड नगरपालिका–८ हल्चौरमा देवीलाई बलि ( बोका) चढाइएको छ । शनिबार दिउँसो गाउँलेहरु जम्मा भएर

गत वर्ष कोरोना सङ्क्रमणको दर तीव्र भएका बेला दैलेखमा आइसीयू र भेन्टिलेटर जडान भयो । तीनवटा आइसीयू र दुईवटा भेन्टिलेटरका

काठमाडौं । ईस्लाम धर्मावलम्वीहरूको महान पर्व रमजान आज धुमधामसँग मनाउने तयारीमा जुटेका छन् । यो पर्वलाई ‘इद उल फित्तर’ भनिन्छ

एक महिनाअघि वैदेशिक रोजगारीका क्रममा खाडी मुलुक दुबई पुगेका झापा, कमल गाउँपालिकाका चार युवा अलपत्र परेका छन् । स्थानीय दलालमार्फत