संसद पुनस्थापना गर्नुपर्दछ: उपसभापति पौडैल

१ कार्तिक २०६९, बुधबार ०२:२८ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही , ३१ असोज । बुटवल । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले संसद पुनस्थापनाको विकल्प नभएको दोहोर्याएका  छन । उनले निर्वाचनमा जानका लागि बाटो अवरुद्ध भएकाले बाटो बनाउनकै लागि मात्रै पनि संसद पुनस्थापना गर्नुपर्ने तर्क राखे । “संविधान संशोधन नगरी चुनावमा जाने बाटो छैन ।” उनले भने–“त्यसलाई हामिले बुझ्नु पर्छ ।” बर्तमान प्रधानमन्त्री बाबुराम भट्टराईले बिना बाटो  अर्को  संबिधान सभाको चुनाव घोषणा गरेकाले चुनाव हुन नसकेको र त्यसैका कारण सरकार असफल भएको बताउँदै त्यसै निर्वाचनमा जाने कुरा गरेर कोही पनि सरकारमा गए त्यो तयहि कारणले असफल हुने दावी गरे । आगामी निर्वाचनका लागि निर्वाचन आयोगमा निर्वाचनका प्रकृया मिलाउनकालागि पनि संसद पुनस्थापना हुनु पर्ने उनको भनाई छ । संसद पुनस्थापना नै बर्तमान संकट समाधानको उत्तम विकल्प भएको बताउँदै एकिकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले फ्याकेको कार्ड नसमातेको दावी गरे । उनले भने–“प्रचण्डको कुरामा हामिलाई कत्ति पनि विश्वास छैन । नेपाली कांग्रेस चुनाव नै चाहन्छ तर चुनावको लागि बाटो त बनाउनु पर्यो ।”नेपाल किसान संघले मंगलबार रुपन्देहीको मणिग्राम स्थित शान्ति नमुना माबिमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले किसानका लागि नीति नियम मात्र नभएर बनेका नीति नियमको पनि सहि रुपमा कार्यान्वयन हुनु पर्नेमा जोड दिए । नेपाली कांग्रेस किसान र कृषि बिकासका लागि सकारात्मक सोँचमा रहेकाले नेपाली कांग्रेसले कृषि बिकासका लागि किसानलाई हरेक तरहबाट सहयोग गर्न तयार रहेको औंल्याए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ – नेपाली काँग्रेस आसन्न १४ औँ केन्द्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । यही मंसिर २४ देखि २७

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ट नेता रामचन्द्र पौडेलले साझा उम्मेदवारको लागि आफू त्याग गर्न तयार रहेको बताएका छन् । आज

काठमाडौँ । नेपालमा हालसम्म ८७ लाख बढीले कोरोनाभाइरस विरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार

काठमाडौं।नेपाली कांग्रेसको १४औँ महाधिवेशन अबको तीन दिनपछि सुरु हुँदै छ । काठमाडौंमा आउँदो शुक्रबारबाट सुरु हुने महाधिवेशनले नयाँ नेतृत्वसहित कार्यसमिति