काँग्रेस महामन्त्री सिंहद्वारा प्रधानमन्त्रीलाई राष्ट्रपतिबारे गैरजिम्मेवार अभिव्यक्ति नदिन आग्रह

३० आश्विन २०६९, मंगलवार १७:५२ मा प्रकाशित

काठमाडौँ, ३० असोज । काँग्रेस महामन्त्री प्रकाशमान सिंहले प्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रपति डा रामवरण यादवका बारेमा दिनुभएको अभिव्यक्ति गैर जिम्मेबारपूर्ण भएको बताउनुभएको छ । वानेश्वरमा सुरु भएको खुल्ला ब्याडमिन्टन रनिङ सिल्ड प्रतियोगिताको समापन गर्दै महामन्त्री सिंहले प्रधानमन्त्रीले राष्ट्रपतिको अभिव्यक्तिलाई राजनीतिकरण नगर्न जोड दिनु भएको हो । राष्ट्रपति डा यादवबाट भएको पहल सकारात्मक छ, त्यही पहलबाट राजनीतिक दलहरुलाई सहमतिका लागि जिम्मेवार बनाएको छ भन्दै महामन्त्री सिंहले राष्ट्रिय सहमति कायम गर्ने दिशामा एमाओवादीनै जिम्मेवार हुन नसकेको बताउनुभयो । विगतमा सहमति हुन नसकेका संविधानका विवादित मुद्दालाई जनमतसङ्ग्रहबाट नै टुङ्ग्याउनुपर्नेमा जोड दिँदै उहाँले दलहरुकाबीचमा जस्तोसुकै सहमति भए पनि अन्ततः निर्वाचनमा जानुको विकल्प छैन भन्नुभयो । महामन्त्री सिंहले मुलुकको निकासका लागि दलहरूको प्रयास सार्थक बन्न नसके संविधानको रक्षकका हैसियतले राष्ट्रपतिले उचित कदम चालेर भए पनि मुलुकको राजनीतिक तथा संवैधानिक सङ्कट अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । ब्याडमिन्टनका राष्ट्रिय खेलाडी विष्टको स्मृतिमा आयोजित सो प्रतियोगितामा विभिन्न ३१ टिमको सहभागिता रहेको आयोजक संस्थाका अध्यक्ष राजेश स्वाँरले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

कञ्चनपुर । लगातार चार दिनसम्मकोे वर्षा पछि घाम लाग्न सुरु भएको छ । कञ्चनपुरका किसान झरीले निथ्रुक्क भिजाएको धान सुकाउनमा

काठमाडौं ।नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले एमालेबाट विद्रोह गर्ने क्रममा आफूलाई साथ नदिएका नेताहरुको हरिबिजोग भएको टिप्पणी गरेका छन्।

काठमाडौँ । परराष्ट्रमन्त्री डा.नारायण खड्काले लिपुलेकमा तत्काल जनगणना नहुने संकेत गरेका छन् । शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा परराष्ट्रमन्त्री खड्काले

काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आफूहरुले अहिले पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा नमागेको स्पष्ट पारेका छन्