आक्रोसित राष्ट्रपतिद्वारा प्रधानमन्त्रीलाई अन्तरिम संबिधान पढ्न सुझाब

३० आश्विन २०६९, मंगलवार १७:३८ मा प्रकाशित

काठमाडौ, ३० असोज । राष्ट्रपति डा रामबरण यादवले पछिल्लो समयमा प्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रपतिको अधिकार बारे दिएको अभिव्यक्ति प्रति गंभिर आपत्ति प्रकट गरेका छन । दशैंको सुभकामना दिन आएका आएका प्रधानमन्त्रीलाई राष्ट्रप्रतिले संविधानमा आफ्नो भूमिका र अधिकार कति छ भनेर संविधान अध्ययन गर्न समेत सुझाव दिएका थिए । राष्ट्रप्रति स्रोतले दिएको जानकारी अनुसार राष्ट्रपतिले प्रधानमन्त्रीलाई तपाईले संविधान पढनु भएको छ, राष्ट्रपतिलाई के के अधिकार छ भनेर ? मलाई अधिकार छ, मैले संविधानको अधिकार भित्रै रहेर अभिब्यक्ति दिएको हु । सर्वोच्च अदालतले संविधानसभाको म्याद नथप्ने नयाँ निर्वाचनमा जाने भनेको छ तपाईहरु के आधारमा पुनःस्थापना भन्दै हुनु हुन्छ । राष्ट्रपतिले आफूहरुले दलहरुलाई सहमतिकालागी बारम्बार आग्रह गर्दै आए पनि आफ्नो आग्रहलाई बेवास्ता गरेको प्रति असन्तुष्टि प्रकट गर्दै दलहरुले केही नगरे आफू देशलाई बन्धक बनाउन चुप नलाग्ने भनि दिएको अभिब्यक्ति कुन हिसाबमा असम्बैधानिक भयो भनेर प्रधानमन्त्री सँग प्रश्न समेत गरेका थिए । उनले मुलुक यथास्थितिमा बस्न नसक्ने भन्दै छिटो सहमति गरेर मुलुकलाई निकास दिन फेरि आग्रह गरेका थिए । प्रधानमन्त्रीले भने राष्ट्रप्रति र सरकारवीच विवाद बढ्दा अरुले फाईदा लिने भन्दै गतिरोध अन्त्यकोकालागी मिलेर अगाडि बढ्नु पर्ने बताएका थिए । पहिलो निकै तातेका प्रधानमन्त्री राष्ट्रपतिको प्रस्तुती पछि भने नरम बनेर प्रस्तुत भएको स्रोतको भनाई छ । भेट पछि प्रधामन्त्रीले राष्ट्रपतिलाई दशैको सुभकामना दिएको र मुलुकको गतिरोध अन्त्यको विषयमा छलफल भएको भन्दै मिलेर अगाडि बढेर मुलुकलाई निकास दिने विषयमा सहमति भएको र केही समयपछि नतिजा सबैको सामू आउने दावी गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप लक्षित जनसङ्ख्याभन्दा बढीलाई लगाइएको छ । नेपाल सरकारले यही असोज मसान्तसम्म लक्षित जनसङ्ख्याको कम्तीमा पनि

गुल्मी । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य मेटमणि चौधरीले केपी ओली आगामी निर्वाचनमा झापाबाटै पराजित हुने बताएका छन्

बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन सरकारले पहल गरिरहेको बताएका छन् ।

अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन अस्पतालबाट आइतबार डिस्चार्ज हुनुभएको छ । विरामी परेपछि उहाँलाई दक्षिणी क्यालिफोर्नियास्थित एक अस्पतालमा भर्ना गरिएको