समाजसेवी दिलशोभा श्रेष्ठको न्युयोर्कमा नागरिक अभिनन्दन

३० आश्विन २०६९, मंगलवार ०६:५७ मा प्रकाशित

न्युयोर्क, ३० असोज । गरिबी, अपहेलना र आफन्त बिहिन बेसहारा बृद्धहरुको सेवामा जीवन समर्पित गर्नु भएकी समाजसेवी दिलशोभा श्रेष्ठलाई न्युयोर्क र आसपासमा बस्ने नेपाली मुलका अमेरीकनहरुले गत आइतबार अभिनन्दन गरेका छन् । नेपाली मुलका अमेरीकनहरुलाई अमेरिकी मुलधारमा स्थापित हुन अगुवा भूमिका निर्बाह गर्नुहुने समाजसेवी तारा निरौलाको पहलमा उहाँलाई न्युयोर्क र आसपासमा बस्ने नेपाली मुलका अमेरीकनहरुले नागरिक अभिनन्दन गरेका हुन् । चर्चित पत्रकार बिजय कुमार पाण्डेले समाजसेवी दिलशोभा श्रेष्ठसंग गर्नु भएको बिशेष कुराकानीको झलक सहित सुरु भएको अभिनन्दन समारोहमा अभिनन्दित ब्यतित्व बारे समाजसेवी तारा निरौलाले छोटो जानकारी दिएर सुरु गरिएको उक्त समारोहमा युबा साहित्यकार सहदेव पौडेल, कानुन ब्याबसायी एबं साहित्यकार बिनोद रोकाले दिलसोभाले गर्नु भएको निस्वार्थ सामाजिक कार्यको आफ्नो रचना कविता मार्फत अभिव्यक्त गर्नु भएको थियो । समारोहमा न्युयोर्क निवासी वृन्दा राईले खादा ओढाउनु भएको थियो भने नेपाली नियोगका प्रमुख सेवा अधिकारीले औपचारिक रुपमा समाजसेवी दिलसोभा श्रेष्ठलाई अभिनन्दन गर्नु भएको थियो । सयौको संख्यामा उपस्थित न्युयोर्क वाशिहरुले आ-आफ्नो तर्फबाट खादा ओढाएर, पुष्प गुच्छा प्रदान गरेर उहाँको अभिनन्दन समेत गरेका थिए । समारोहमा दिल शोभा श्रेष्ठलाई न्युयोर्क वाशिको तर्फबाट करिब ४५०० अमेरिकन डलर संकलन गरि हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

लस-एन्जलस । संयुक्तराज्य अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जलस् काउन्टीमा अवस्थित पशुपतिनाथ बुद्ध मन्दिरको व्यवस्थापन, एवम् विभिन्न सांस्कृतिक, धार्मिक कार्यक्रमहरु सम्पन्न

केदार मगर, खोटाङ । साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी

म्याग्दी । म्याग्दीका पौढ महिलाहरूले बुढ्यौलीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेर पढाइलाई उमेरले नछेक्ने भनाइलाई चरितार्थ गर्नुभएको छ ।

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन् । आज बिहान साढे