घटस्थापनाको दिन क्षत्री दिवश, विभिन्न कार्यक्रम गरि मनाइदै

३० आश्विन २०६९, मंगलवार ०३:४३ मा प्रकाशित

रुपन्देही ३० असोज । क्षत्री समाजले मंगलबार विभिन्न कार्यक्रमको अयोजना गरि क्षत्री दिवश मनाउने भएको छ । विजया दशामी अन्तरगतको घटस्थापनाको दिनमा प्रतेक बर्ष क्षत्री दिवस मनाउने समाजको केन्द्रिय कार्यक्रम अनुशार मंगलबार विभिन्न कार्यक्रमको अयोजना गरिएको क्षत्री समाज रुपन्देहीका अध्यक्ष लेख बहादुर कार्कीले जानकारी दिए । विभिन्न क्षेत्रमा विभिन्न ढंगले क्षत्री दिवस मनाइृने बताउदै उनले जिल्लाको मुल कार्यक्रम बुटवल ९ दिपनगरमा रहेको समाजको प्रस्तावित भवन निमार्ण स्थलमा गरिने जानकारी दिए । सो अवसरमा केन्द्रिय अतिथिहरुका साथै यस क्षेत्रका क्षत्री समुदायविचमा शुभकामना आदानप्रदान कार्यक्रम पनि गरिने समाजले बताएको छ । बुटवल नगर समितिको कार्यालय सुख्खानगरबाट बाजागाजासहितको र्यालीले बजार परिक्रमा गरि सभामा परिणत हुने समाजका जिल्ला सचिव लिल वहादुर क्षत्रीले जानकारी दिए ।  सभास्थलमा निमार्ण गरिएको दुर्गा मन्दिर परिसरमा नवदुर्गाको पुजा आरधाना पनि मंगलबारबाट नै शुरु गरिने समाजले बताएको छ । समाजले यर्सवर्ष भवननिमार्ण स्थलमा मन्दिर स्थापना गरेको छ भने वहुयदेश्य भवन निमार्णका लागि आगामी पुस २० गतेदेखि बुटवल मण्डपमा महायज्ञको अयोजना गरेको छ । हिलपार्क नजिकै रहेको सो भुभागमा समाजल तारवार गरेर भवन निमार्णका लागि स्थान संरक्षण गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाल सरकारले दैनिक दुई लाख जनालाई कोरोना भाइरस विरुद्धको खोप लगाउने गरी तयारी गरेको छ । यससम्बन्धी तयारी

झापा । विगतमा महामारीकै रुपमा देखिएकोे डेङ्गु रोग यसपालि पनि जिल्लामा देखापरेको छ । जिल्लाको दुईवटा पालिकामा मात्र नौ जना

झापा।कोरोनाको नयाँ भेरियन्ट ‘अमिक्रोन’ भारतमा पनि देखा परेसँगै नेपाल पनि यसको जोखिम बढेकाे छ । उच्च संक्रामक मानिने यो भेरियन्ट

बैतडी । राष्ट्रिय परिचयपत्रका लागि बैतडीमा साढे पाँच हजार व्यक्तिको विवरण सङ्कलन गरिएको छ । विसं २०७७ असोज पहिलो सातादेखि

आजको प्रमुख समाचार