गुल्मीमा माटोको ढिस्कोले पुरियर एकको मृत्यु

३० आश्विन २०६९, मंगलवार ०३:३९ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही ३० असोज । गुल्मी जिल्लाको तमघास वडा नं. ७ देउराली भन्ने ठाउँमा घर बनाउने काम गर्दागर्दै माथिबाट खसेको माटोको ढिस्कोले पुरियर  एक जनाको ज्यान गएको छ । मृत्यु हुने गुल्मी जिल्ला सिमिचौर गा.वि.स. वडा नं. १ का शोभाखर कुवर घरबनाउने काम गर्दै गर्दा माथिबाट एक्कासी खसेको माटोको ढिस्कोले पुरेको र तत्काल उद्धार गर्न सक्ने अवस्था नभएकोले मृत्यु भएको उनीसँग सगैं काम गरिरहेका सहकर्मीले बताएका हुन् । माटोको ढिस्को खसेको केही समयमै प्रहरी र स्थानीय बासीले उद्धार कार्य सुरु गरेको भएपनि धेरै माटो खसेकोले पुरिएका कुवरलाई जिवितै उद्धार गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा मतपत्र नै २९ वटा हुने बताइएको छ। कांग्रेस महाधिवेशनका प्रचार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

आजको प्रमुख समाचार