यस बर्षको बडा दशैं सुरु भयो, आज घटस्थापना

३० आश्विन २०६९, मंगलवार ०३:२५ मा प्रकाशित

काठमाडौ, ३० असोज । मंगलबार घटस्थापनाको पहिलो दिन दुर्गा भवानीको पुजा आराधना र जमरा राख्दै हिन्दुहरूको महान् चाड बडादसैँ शुभारम्भ भएको छ ।
दसैंको पहिलो दिन आश्विन शुक्ल प्रतिपदामा वैदिकहरूले नजिकको तीर्थबाट ल्याएको माटोमा वैदिक विधिपूर्वक पञ्चधातु (सुन, चाँदी, पित्तल, फलाम र तामा) एवं पञ्चपल्लव (पीपल, वर, आूप, दुमरी र पाखीको पात) राखी जौ र मकै छरेर घटस्थापना गर्ने चलन रहेको छ । तान्त्रिक मतालम्बीहरूले भने घटस्थापनाको पहिलो दिन पञ्चमकारसहित तान्त्रिकविधिले ठूलो भगुतमा तीर्थबाट ल्याइएको बालुवा वा पंगमाटोमा जौ र मकैको जमरा राखी घटस्थापना गर्ने चलन रहेको छ । घटस्थापनाको दिन देखि नवमीसम्म प्रत्येक दिन बिहान सबेरै शक्तिपीठहरुमा पूजा आराधना गरी नजिकको शिवलिङ्गमा अर्घ दिने गरिन्छ । विजयादशमीको दिन गुह्येश्वरीस्थित शान्ति तीर्थमा स्नान गरी गुह्येश्वरी माईको पूजा अर्चना गरी नवरात्रि मेला समापन भएको मानिन्छ । नौ दिनसम्म शक्तिपीठहरुको पुजा आराधना हुने भएकाले यसलाई नवरात्रि भनिन्छ । घटस्थापना देखि कात्तिक १३ गते कोजाग्रत पूणिर्मासम्म सार्वजनिक बिदामा हुने भए पनि सर्वोच्च अदालतको इजलास खुला रहने परम्परा रहेको छ भने अन्य प्रसाशनिक सेवा फूलपाती सम्म सुचारु रहन्छ तर बिद्यालय र विश्व बिद्यालयको पठन पाठन भने घटस्थापना देखि बन्द रहने गर्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

सौराहा।एमाले अध्यक्ष केपी ओली पदाधिकारी व्यवस्थापनमा लागेका छन् । जसकारण बन्दसत्रमा ढिलाइ भएको छ । सुवास नेम्वाङले वरिष्ठ उपाध्यक्ष पद

सौराहा।सौराहास्थित एमालेको १०औं महाधिवेशनको बन्दसत्रस्थल बाहिर सर्वसम्मतिमा नेतृत्व चयन गर्न दबाब दिँदै नाराबाजी सुरु भएको छ । बन्दसत्रस्थल बाहिर ‘केपी

चितवन।एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका नेता भीम रावलले एक मत आए पनि आफू प्रतिस्पर्धाबाट पछि नहट्ने

जनकपुरधाम।प्रदेश २ मा प्रदेशसभा गठन भएको झण्डै चार वर्ष पुगिसकेको छ । तर, प्रदेशसभाको सार्वजनिक लेखा समितिले अझै पूर्णता पाउन

आजको प्रमुख समाचार