कुनै पनि हालतमा संविधानसभाको पुनःस्थापना हुन सक्तैन: राष्ट्रपति यादव

२९ आश्विन २०६९, सोमबार २२:१५ मा प्रकाशित

जनकपुर, २९ असोज (रासस) । राष्ट्रपति रामवरण यादवले कुनै पनि हालतमा संविधानसभाको पुनःस्थापना हुन नसक्ने बताएका छन् । सगोलमा रहेको जग्गा अंशियारको नाममा रजिष्ट्रेशन गराउन सोमबार मालपोत कार्यालय धनुषामा आएका उनले सञ्चारकर्मीसँगको यस्तो बताएका हुन् । अहिलेको संविधान आफ्ना लागि पवित्र गीतासरह भएकाले आफूले यसमा कुनै हस्तक्षेप नगर्ने स्पष्ट पार्दै राष्ट्रपति यादवले भने, ‘अन्तरिम संविधान एवं सर्वोच्च अदालतको फैसलाले समेत निर्वाचनमा जानुपर्ने एकमात्र बाटो देखाएकाले दलहरु चुनावमा जानुबाहेक अर्को विकल्प छैन ।’ उनले माओवादी र मधेसी मोर्चाको अहिलेको सरकारले जहाजलाई पार लगाउन नसक्ने भन्दै नेपाली काँग्रेस र एमालेसहितको राष्ट्रिय सहमतिको सरकार गठन हुनुपर्ने बताए । ‘राजनीतिक दलहरुलाई सहमति गराएर संविधान जारी गराउनु मेरो कर्तब्य हो । जुन बाटोबाट संविधान आउँछ, दलहरुले त्यो काम गर्नुपर्दछ’ सञ्चारकर्मीको प्रश्नको उत्तरमा राष्ट्रपति यादवले भने । राष्ट्रको अखण्डता कायम राखी देशमा लोकतन्त्रलाई संस्थागत गर्ने र जनताको अधिकार सुनिश्चित गर्ने आफ्नो अधिकार भएको पनि उनले बताए । राष्ट्रपति यादवले संविधानसभाको चुनावका लागि राजनीतिक दलहरु एक भएर अगाडि बढ्नुपर्ने जनाए ।
राष्ट्रपति यादवले भने,‘राजनीतिक दलहरुले संविधान संशोधन गरेर अगाडि बढ्नुपर्ने समयमा संविधानसभा नै विघटन गर्यो, जुन महाभूल थियो । वैकल्पिक व्यवस्था गरेर दलहरुले संविधानसभा हेर्ने व्यवस्था गर्नुपर्थ्र्यो, त्यो पनि भएन ।’ एक अर्को प्रश्नको उत्तरमा राष्ट्रपति यादवले राष्ट्राध्यक्षको हैसियतले आफूले असोज मसान्तसम्ममा १९ दललाई बोलाएर निष्कर्ष निकाल्न निर्देशन दिए पनि दलहरु गंम्भीर हुन नसकेको बताए । प्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रपतिलाई हस्तक्षेप गर्ने अधिकार नभएको अभिव्यक्ति दिएको विषयमा सोधिएको एक प्रश्नमा यादवले भने, ‘कसले के बोल्छ, त्यसमा मैले ध्यान दिन जरुरी छैन ।’राष्ट्रपति यादवले आजै स्थानीय जानकी मन्दिर र कृष्ण मन्दिर गई पूजाअर्चना गरेका थिए ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

काठमाडौँ- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन रहेको

काठमाडौं । बाग्मती प्रदेशसभामा बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१