एसएलसी परीक्षा आजदेखि

७ चैत्र २०६८, मंगलवार २२:५६ मा प्रकाशित

प्रकृति अधिकारी, काठमाडौँ: एसएलसी परीक्षाको पर्खाइमा बसेका देशभरिका पाँच लाख २८ हजार २५७ विद्यार्थीले मङ्गलबार अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा दिँदैछन्। चैत १७ गतेसम्म सञ्चालन हुने सो परीक्षामा जम्मा ५८ विषयको परीक्षा हुन्छ। यो ७९औँ एसएलसी परीक्षा हो।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार नियमिततर्फ चार लाख ४६ हजार १६६ र एक्जाम्टेडतर्फ ८२ हजार ९१ परीक्षार्थी सम्मिलित हुने भएका छन्। यस वर्ष एसएलसी सेन्टअप परीक्षामा अनुत्तीर्ण गर्न नपाइने नियमलाई कार्यान्वयन गरिएकाले कक्षा १० मा अध्ययन गरेका प्रायः सबै विद्यार्थी नियमिततर्फबाट परीक्षामा सम्मिलित हुँदैछन्। यसैगरी देशभरिका ८५ वटा खुला विद्यालयबाट करिब १० हजारले परीक्षा दिने बताइएको छ।

सबैभन्दा बढी विद्यार्थी काठमाडौँ जिल्लाका छन्। पनिकाका अनुसार काठमाडौँमा कुल ३४ हजार १४ परीक्षार्थी छन्। काठमाडौँमा दुईजना विदेशी मूलका परीक्षार्थी पनि रहेको जनाइएको छ। यसैगरी सबैभन्दा कम मनाङका १०५ परीक्षार्थीले परीक्षा दिँदैछन्। सो जिल्लामा एक्जाम्टेडतर्फ महिला परीक्षार्थी छैनन्। परीक्षाका लागि देशभरि एक हजार ७४८ परीक्षाकेन्द्र कायम गरिएको छ। सबैभन्दा बढी परीक्षाकेन्द्र काठमाडौँमा ८४ वटा छन्। परीक्षाका लागि करिब ५६ हजार जनशक्ति परिचालन गरिने भएको छ। हरेक परीक्षा केन्द्रमा १० जनाका दरले सुरक्षाकर्मी खटाइएको छ।

जनक शिक्षा सामग्री केन्द्रको परिसरमा रहेको सुरक्षण शैक्षिक मुद्रणालयमा ३० दिन लगाएर करिब ९६ लाख प्रति प्रश्नपत्र छापिएको छ। परीक्षा सञ्चालन र नतिजा प्रकाशन गर्न परीक्षा नियन्त्रण कार्यालयले प्रतिविद्यार्थी करिब एक हजार रुपियाँ खर्च गर्नेछ। परीक्षा नियन्त्रक डिल्लीराम रिमालले शान्तिपूर्ण, मर्यादित र व्यवस्थित रूपमा परीक्षा सञ्चालन हुनेमा आफूहरू विश्वस्त रहेको बताउनुभयो।

उहाँले बदमासी गर्ने वा गर्न खोज्नेलाई नियमअनुरूप कारबाही गर्न निर्देशन दिइसकिएको स्पष्ट गर्नुभयो। शिक्षा नियमावलीमा परीक्षामा बदमासी गर्ने वा गर्न खोज्नेलाई बढीमा एक लाख रुपियाँसम्म जरिवाना वा ६ महिनासम्म कैद वा दुवै हुनसक्ने स्पष्ट व्यवस्था छ।

प्रतिक्रिया
सम्बन्धित खवर

एक महिनाअघि वैदेशिक रोजगारीका क्रममा खाडी मुलुक दुबई पुगेका झापा, कमल गाउँपालिकाका चार युवा अलपत्र परेका छन् । स्थानीय दलालमार्फत

काठमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा १५ दिन थप भएको छ । मंगलवार उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा

काठमाडौँ । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई

लमजुङ: जिल्लामा महिला तथा बालबालिका हराउनेको सङ्ख्यामा वृद्धि भएको छ । महिला तथा बालबालिका हराउनुमा बैदैशिक रोजगार, अन्तरजातीय प्रेम, सामाजिक सञ्जालको