अमेरिकामा दसैं मनाउने कलाकार

२९ आश्विन २०६९, सोमबार २१:४७ मा प्रकाशित

काठमाडौं । जब दशैंको महिना सुरु हुन्छ, नायक राजेश हमाल अमेरिका लागिहाल्छन् । आफ्ना हातमा रहेका चलचित्रको दिनरात नभनी सुटिङ सिध्याउँछन् र ढुक्कले दुई तीन महिना अमेरिकामा बस्छन् । यस वर्ष पनि राजेशले त्यसै गरे । विगतका वर्षमा दशैंको मुखमा राजेशसँग आधा दर्जन सिनेमा हातमा हुन्थ्यो। तर यस वर्ष एउटा मात्र थियो, मेरो जीवन साथी । सो चलचित्रको बाँकी काम पूरा गरी उनी अमेरिका उडिहाले। अमेरिकामा दिदी–बहिनी भएकाले उनी त्यता गएका हुन्। नेपालमा हुँदा आपसमा कुराकानी नगर्ने राजेश अमेरिकामा पुगेपछि करिश्मा मानन्धरसँग डिनर लिन भ्याए। करिश्माकी छोरी अमेरिकामा रहेकीले उनी त्यसतर्फ गएकी हुन्। यसपालिको दशैं राजेश र करिश्माले उतै सँगै मनाउने भएका छन् । अमेरिकामै रहेकी गौरी मल्ल सारंगा श्रेष्ठ, सरोज खनाल, कृष्टि मैनालीहरूसँग पनि राजेश र करिश्माको भेटघाट सुरु भइसकेको छ । एक शब्दमा भन्नुपर्दा पुराना कलाकारको अमेरिकामा जमघट हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । गोर्खा फिल्म बनाउने घोषणा गरेका बलिउड अभिनेता अक्षय कुमार पछिल्लो केही दिनयता चर्चामा छन् । उनले हालै गोर्खा

काठमाडौं । पछिल्लो समय भिडियोमा खोजिनेमध्येकी एक मोडल हुन्, मलिका महत । फिल्म ’यात्रा ः द म्युजिकल भ्ल्ग’मार्फत रजतपटमा डेब्यु

काठमाडौं । बलिउडमा देशी गर्लको उपनाम पाएकी एक्ट्रेस हुन्, प्रियंका चोपडा । बलिउडमा एकपछि अर्को फिल्म मार्फत दर्शकको मनमा स्थान

काठमाडौं । डान्सिङ रियालिटी शो ‘सुपर डान्सर’को च्याप्टर ४ को उपाधि फ्लोरिना गोगोइले जितेकी छन् । उनले अन्तिम ५ मा