बालक बन्धक बनाउने भिक्षुलाई जेल सजायको माग

२९ आश्विन २०६९, सोमबार १६:५२ मा प्रकाशित

काठमाडौं, २९ असोज । काठमाडौं चण्डेश्वरी गाविस वडा नं. २ बस्ने विजय जोशीले आपूmलाई भिक्षु बनाईदिन्छु भनी श्रीलंका पु¥याएर बन्धक बनाउने भिक्षु सद्धातिस र भिक्षु कोलितलाई जेल सजाय गर्न सरकारसँग माग गरेका छन् ।
२२ बर्षिय विजयले पत्रकार सम्मेलन गर्दै भने– ‘म १० वर्षको हुँदै भिक्षु बनाई श्रीलंकाको बलगल्लमा पु¥याई ८ वर्षसम्म बन्धक बनाई राखे, मलाई रोडा ढुंगा, माटो बोकाई घरमा समेत सम्पर्क गर्न नदिई खान पनि नदिई बन्धक बनाए । ती कथित भिक्षुहरुलाई पक्रेर कारवाही गर्नुपर्छ ।’
वीजय बन्धक बनाईएको ८ वर्षपछि २०६६ सालमा एकजना विदेशी नागरिकको सहयोगमा प्लेन टिकट काटी भागेर नेपाल आउन सफल भएका थिए । उनले भने– त्यसरी आउन नसकेको भए मेरो ज्यानसमेत जाने स्थिति थियो ।
उनले बन्धक बनाउने भिक्षुहरु हाल टोखाकै बुद्धविहारमा बस्दै आएको खुलासा गर्दै उनीहरुका विरुद्ध प्रहरी प्रशासनमा २०६९ असोज २३ गते प्रमाणसहित लिखित निवेदन दिँदा पनि प्रशासनले कुनै चासो नदिई अपराध गर्ने भिक्षुहरुलाई बचाउन खोजेको आरोप लगाए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राजीनामा दिनुपर्ने चौतर्फी दबाबमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मंगलबार पनि मुद्दा सुनुवाइको पेसी सार्वजनिक गरेका छन् । कार्यपालिकामा

तनहुँ । कात्तिकको सुरुवातसँगै भएको बेमौसमी वर्षा तनहुँमा शनिबारदेखि रोकिएको छ । सोमबारदेखि बल्ल घाम लाग्न सुरु भए पनि मौसम

काठमाडौँ ।नयाँ संविधान २०७२ कार्यन्वयनमा आएपछि मुलुक संघीय संरचना अनुसार सञ्चालित छ । मुलुकमा संघीयताको स्थापनासँगै सिंहदरवारमा निहित अधिकार जनताको

काठमाडौँ ।राज्य संचालनका लागि नभई नहुने र चल्नै पर्ने तीन अंग यतिबेला लथालिङगको अवस्थामा छन् । कार्यपालिका, व्यवस्थापिका र न्यायापालिका

आजको प्रमुख समाचार