राष्ट्रपतिले कदम चाल्न ढिला भयो : डा. महत

२९ आश्विन २०६९, सोमबार १६:४४ मा प्रकाशित

काठमाडौ, २९ असोज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. रामशरण महतले मुलुकमा जारी राजनीतिक गतिरोध अन्त्यको लागी राष्ट्रपति डा. रामवरण यादवले कदम चाल्न ढिलो भईसकेको बताउनुभएको छ । राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा नेता महतले राष्ट्रपतिले मुलुकमा जारी राजनीतिक र संबैधानिक संकटलाई टुलुटुलु हेरेर बस्न नमिल्ने भन्दै तीन महिनाअघि नै राष्ट्रपतिले ठोस कदम चालेर मुलुकलाई सुचारु गरिसक्नु पर्ने सुझाब दिनुभयो । उहाँले संविधान ट्रयाकभन्दा बाहिर गएको अवस्थामा राष्ट्रपतिले संविधानको संरक्षकको हैसियतले चुप लागेर बस्न नहुने भन्दै दलहरुलाई समय–सीमा दिएर नयाँ प्रधानमन्त्री नियूक्तीका लागी आब्हान गर्नुपर्ने बताउनुभयो ।
महतले भन्नुभयो – ‘अब धेरै ढिला भईसक्यो, राष्ट्रपतिले समयसीमा दिएर दलहरुसँग नयाँ प्रधानमन्त्री माग्नुपर्छ नभए बहुमत दलहरुको समर्थन पाउनेलाई प्रधानमन्त्री बनाउनुपर्छ, अर्को विकल्प छैन । संविधान अवरुद्ध भएको छ, ट्रयाकबाट बाहिर गएको छ, यस्तो अवस्थामा सहमति गर भनेर अभिभावकको हैसियताले सहमति गर्न दलहरुलाई सम्झाउनु के बेठिक भयो ? राजनीति नै असफल भइसकेपछि राष्ट्रपतिले कदम चाल्नु स्वभाविक हो ।’
माओवादीले निर्वाचनमा पराजय हुने निश्चित देखेर निर्वाचन टाल्न संविधानसभा पुनःस्थापनाको कुरा गरेको दावी गर्दै संविधानसभा पुनःस्थापनाको प्रस्ताव पछि सत्ता लम्ब्याउने र निर्वाचनबाट भाग्ने षडयन्त्र भएको महतको कथन छ । उहाँले संविधानका सम्पूर्ण विवादित विषयमा सहमति जुटे मात्रै संविधान जारी गर्नका लागी छोटो समयको लागी मात्रै पुनःस्थापना हुन सक्ने भन्दै आगामि बैशाखमा निर्वाचनमा जान दलहरु तयार हुनु पर्ने बताउनु भयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

झापा । नेकपा एकीकृत समाजवादी पार्टीका उप–महासचिव जगन्नाथ खतिवडाले मदन भण्डारी र जीवराज आश्रितको हत्याको प्रमाण केपी ओलीले लुकाएको गम्भीर

काठमाडौं ।नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले एमालेबाट विद्रोह गर्ने क्रममा आफूलाई साथ नदिएका नेताहरुको हरिबिजोग भएको टिप्पणी गरेका छन्।

काठमाडौं ।नेपाली कांग्रेसले खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका प्रमुख राजेश कुशवाहामाथि गम्भीर दुर्व्यवहार गर्ने दोषीलाई कानुनी कारबाही गर्न

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनको चर्को आलोचना गरेका छन्। पूर्वप्रधानमन्त्रीसमेत