भारतमा नेपाली छात्रा बलात्कृत

२९ आश्विन २०६९, सोमबार १५:३५ मा प्रकाशित

काठमाडौं, २९ असोज । अध्ययनको सिलसिलामा भारतमा रहेकी एक नेपाली छात्रालाई सामूहिक बलात्कार गरिएको समाचार भारतीय मिडियाहरुले प्रसारण गरेका छन् । भारतको बंगलौरमा कानुन अध्ययन गरिरहेकी २२ वर्षकी युवतीलाई आठ जनाको समूहले यौन दुर्व्यवहार गरेको समाचारमा जनाइएको छ । युवतीको परिचय खुलाइएको छैन तर उनी कानुनको दोस्रो वर्षको विद्यार्थी भनिएको छ।
समाचार एजेन्सीका अनुसार आफ्ना ब्वाइफ्रेन्डसँग गत शनिबार राति बंगलौर युनिभर्सिटीनजिकै घुमिरहेको बेला घटना भएको हो। उनीहरुले पहिले पैसा र गहना मागेका थिए। आफ्नो पर्स कारमा रहेको बताएपछि उनीहरुले ब्वाईफ्रेन्डलाई लिएर आउन धम्क्याएका थिए। पैसा लिएर फर्कँदा युवतीसहित त्यो समूह गायब थियो। त्यसपछि उनी फेरि ल क्याम्पस गए, त्यहाँ भेटिएका एक प्रहरीलाई घटनाबारे बताएपछि दुवैले टर्चलाइट बाल्दै खोज्न थाले। प्रहरीले चार किलोमिटर टाढाको ज्ञानभारती क्याम्पस नजिकैको जंगल क्षेत्रमा युवतीलाई बलात्कृत अवस्थामा फेला पारेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)को सरुवा गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयबाट दसैंपछि कार्यालय

जनकपुरधाम । नेपाल भारतको सीमावर्ती क्षेत्र धनुषाको नगराइन नगरपालिाका एक युवकको घाँटी रेटेर हत्या गरिएको छ । सिरहा जिल्लाको मिर्चैया

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी नेपालले प्रदेशका इन्चार्ज तथा पदाधिकारीको जिम्मेवारी तोकेको छ । एकीकृत समाजवादीले उपत्यका प्रदेशसहित ८

गृहमन्त्री बालकृष्ण खाँणले नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग नेपाल सरकारले गरेको सहमति कार्यान्वयनका लागि पहल सुरु