तिम्रो निम्ति… प्रेमकथा -शर्वरी

७ चैत्र २०६८, मंगलवार २२:४५ मा प्रकाशित

निकै बेर अनुहार ऐनामा नियालि सकेपछिलाग्यो, तिम्रो र मेरो जोडि मिल्दैन क्यारे, तिम्रो त्यति सुन्दर, छोए पनिदाग लाग्ला जस्तो अनुहार, आहा कति राम्रो, जति हेरेपनि हेरौँ हेरौँ लाग्ने, मनै नभरिने, कृष्णले सोह्र हजार गोपिनीलाइ मोहित पारे झैँ तिमीले हजारौँ कृष्णलाइ मोहित पार्न सक्थ्यौ होला सायद, अनि म फुस्रो कालोअनुहार भएको मान्छे, त्यसै माथि घाउले अनुहार झनै कुरुप पारेको, कठै तिमीसंग आफुलाइ कसरी दाँज्नु।

आमाले सधैँ भनिरहनुहुन्छ “तिमी साह्रै राम्रो छौ छोरा” तर मलाइ कहिल्यै बिश्वाश लागेन। हुनसक्छ हरेक आमाले आफ्नो छोरालाइ संसारकै सुन्दर देख्छिन, अथवा आमाको मायाले राम्रो देख्छ। त्यहाँ प्रेम छ त्याग छ तपस्या छ। अनि प्रेम अन्धो छ। हो आमाको त्यहि अन्धो प्रेमले मलाइ राम्रो देखेको कुरा मलाइ थाहा थियो।

मेरो साथी बिशाल जुन तिमीलाइ साह्रै मन पर्छ। उस्ले तिमीलाइ कहिल्यै राम्री भनेन किनकि तब उ अरुसंग प्रेममा थियो संगितासंग। मलाइ संगिताभन्दा तिमी धेरै राम्री लाग्थ्यौ। हुनसक्छ मेरो मायाले तिमीलाइ राम्रो देखेको हो। म तिमीलाइराम्रोसंग चिन्थेँ। तिमीपनि मलाइ चिन्थ्यौ क्यारे तर बिशालको मिल्ने साथी भनेर मात्र। तिमीले बिशालको नजिक हुनमात्र मलाइ साथि बनाएकि हौ भन्ने अनुमान म अहिले मात्र लगाउन सक्छुँ। तर तिमी विशालको नजिक हुन खोजेको मलाइ मनै पर्दैनथ्यो। तर तिमीविशाललाइ यति निश्चल प्रेम गर्छौ भन्ने थाहा पाएको भए तिमीसंग मित्रतानै गाँस्दिनथेँ। म तिम्रो प्रेमलाइ यसर्थ सम्मान गर्छुँ किनकि तिम्रो प्रेम अचल छ। विशालको संगितासंगको प्रेमले तिम्रो प्रेममा कुनै बाधा पुर्याएन। हुन त तिनिहरुको प्रेम दुइबर्ष पनि टिकेन। अनि झन तिम्रो प्रेमले मौलने मौका पायो।

अँ तिमीले मसंग बढाएको मित्रताको हातलाइ कहाँ बिर्सन सक्छुँ र। अंग्रेजी पिरेड मा रातो र हरियो अक्षरले फ्रेन्डशिप लेखेर गुटुमुटुपारिएको कागज म कहाँ पुग्यो। अनि मैले पनि ओके लेखेरे फर्काइदिएको थिएँ। मेरो खुट्टा खुशीले भुइमै थिएन। सायद तिमीलाइ थाह थिएन तिमी मलाइ साह्रै मन पर्थ्यौ। अर्को दिन तिमी र म कलासमा संगै बस्न थाल्यौँ। तिमीले मेरो नोट लेखिदिन्थ्यौ अनि म तिम्रो नोट लेखिदिन्थेँ। तिमीले लेखेको उक्त नोट मसंग अझै छ। अब त म तिम्रो मिल्ने साथी भैसकेको थिएँ। मैले लगाउने ज्याकेट फोहोर छ भनेर तिमी गुनाशो गरिरहन्थ्यौ। अनि म अर्को दिन म सफा ज्याकेट लगाएर आउथेँ। फेरि भन्थ्यौ “तिमीलाइ लुगा लगाउनै आउदैन के, जुता हेरत पुरानो, नयाँ जुता किन्न सक्दैनौ” “ह्या मलाइएप्पिएरेन्समा ध्यान दिएको मनै पर्दैन।” त्यसपछिका दिनमा मसंग तिमीले लुगा कपडाको कुरै गरिनौ।
अँ तिम्रो जन्मदिन त म कहिल्यै बिर्सन्नफागुन 26 होइन, त्यो दिन बिशाल र म तिम्रो जन्मदिन पार्टिमा गएका थियौ। जन्मदिनको टिका ग्रहण गरिसकेपछि नाचगानको कार्यक्रम थियो। तिमीले विशाललाइ आफुसंग नाच्न आग्रह गरेकि थियौ। बिशाल तिमीसंग नाचिरहँदा म नितान्त एक्लो महशुश गरिरहेको थिएँ। तिमीले विशाल संग भनेकि थियौ “विशाल म जस्तो माया गर्ने साथी तिमी कहिल्यै पाउदैनौ” विशाल केहि लजाएको थियो। मलाइ साह्रै डाह लाग्यो विशालको। एकमनले म नै विशाल हुन पाइदिए झैँ लाग्यो। तर के गर्नु प्रकृतिले नै विशाललाइ विशाल र मलाइ म बनाइदिएको थियो। तर मलाइ त्यो दिन तिमी विशाललाइ प्रेम गर्छौ भन्ने शंका लागेको थियो जुन पछि आएर सत्य निस्क्यो।

तिम्रो र मेरो फोनमा कुरा भइरहन्थ्यो। हामी म्यासेज बाट कुरा गरिरहन्थ्यौ। एकदिन मैले तिम्रो मोबाइलमा प्रेम प्रसंग सहितको म्यासेज पठाएको थिएँ। तिमीले पनि त्यसरी नै रिप्लाइ गर्यौ। तर अर्को दिन रिसाएकि थियौ। किन त्यस्तो भनेकोभनेर। अनि मैले SORRY भनेको थिएँ । तिमीले भनकि थियौ NO SORRY NO THANKS IN FRIENDSHIP. हाम्रो सम्बन्ध यसरी नै बढ्दै गयो। हामी अझैमिल्ने साथी भएका थियौँ। म तिमीलाइ साह्रै माया गर्न थालेको थिएँ त्यसबेला। म तिम्रै अनुमति मागेर तिमीलाइ एकोहोरो हेरिरहन्थेँ। तिमी किन यसरी हेरेको भनेर सोध्थ्यौ। अनि म भन्थेँ “अब हाम्रो कलेज सकिन केहि दिन मात्र बाँकि छ, त्यसपछि तिमी कहाँजान्छ्यौ कहाँ त्यसैले तिम्रो तस्बिर आँखामा राखेको” मेरो उतर सुनेर तिमी मुस्कुराउथ्यौ केवल। परिक्षा आउन केहि दिन बाँकि छँदा हामीले सेतो गुलाफ साँटेका थियौँ। त्यो दिन तिमीले गरेको फोनकलमा हामीले घण्टौ फोनमा कुरा गरेका थियौँ। त्यसको तेस्रो दिनमा हामीलाइ कलेजले तयारी बिदा दियो। त्यो दिन तिम्रो मोबाइलमा ट्राइ गरेँ अर्कै अपरिचित आवाज सुनियो र अबदेखी यो नम्बरमा फोन नगर्नु भन्ने सन्देश पाएँ। बैसाख दुइ गतेको दिन थियो सायदत्यो। त्यसपछिका दिनहरुमा तिम्रा यादहरुले साह्रै सताए फेरि एकपल्ट फोन ट्राइ गरेँ उहि डरलाग्दो आवाज सुनियो र र उपहारमा धेरै गालीहरु पाएँ। मलाइ पत्यारै लागेन पृष्ठभुमीमा तिम्रो आवाज सुनेँ। बिश्वाशै भएन। मेरो माया पनि त्यति नै निस्चल थियो, जति तिमी बिशाललाइ गर्थ्यौ। हुन त बिशाललाइ माया गर्नेहरुको संख्या थोरै थिएन, तर यति भन्न सक्छुँ तिम्रो माया चोखो थियो सायद। मैले कुनै कारण खोजिन। हामी सबै बिछोडियौँ बिशाल तिमी अनि म।

दुइ बर्षपछि…
दुबइको दुइ बर्ष काम गरेर फर्केपछि सबै भन्दा पहिले बिशाल लाइ भेटेँ। थाहा पाएँ तिमी राजधानिमा पढ्दै रहिछौ। अब त तिमी र बिशाल प्रेममा रहेछौ। धेरै केरकार गर्दा थाह पाएँ तिमीहरुको प्रेम त कलेजमै भएको रहेछ मलाइ गाली उपहारमा दिएको ठिक एक दिन पहिले। हेरत तिमी मेरो मिल्ने साथी भएर पनि मलाइ नभनेकि। तिमिले सायद मलाइ तिम्रो प्रेमको बाधा ठानिछौ र हटाउन चाहेकि हौलि हैन। त्यतिको लागीगालि नै गर्नुपर्ने के थियो र। मलाइ राम्रोसंग भनेको भए म आफै टाढा भइहाल्थेनि त्यतिपनि गर्न सक्थेँनर ‘तिम्रो निम्ति’।

तर यति बुझिराख जसरी तिम्रो बिशाल प्रतिको माया अटल भइरह्यो त्यसरी नै मेरो माया पनि पर्खिरहनेछ तिमीलाइ युगौयुगसम्म। अचेल त मैले तिमी बिना बाँच्न सिकिसकेँ पिउन जो सिकेको छुँ….
(शर्वरी साहित्यिक सुशासन साभार)

प्रतिक्रिया
सम्बन्धित खवर

श्रीलङ्कामा इनार खन्दा बहुमूल्य रत्न भेटिएको छ । संसारकै सबैभन्दा ठूलो स्टार सफायर भनिने एक प्रकारको नीलमणि फेला परेको अन्तराष्ट्रिय

मानिसको फोक्सो जस्तो देखिने नेकलेसको विश्वभर चर्चा भइरहेको छ । अमेरिकन सुपरमोडल बेला हदिदले यो नेकलेस फ्रान्समा भइरहेको कान्स फिल्म

बाङ्लादेशको एउटा गाईफर्ममा निकै सानो गाईको बाछी हेर्न आगन्तुकहरुको भीड लागेको छ । २३ महिनाको सो गाईको बाछीको उचाई केवल

धादिङ । धादिङमा दुर्लभ वन्यजन्तु गोहोरोको छाला काटेर टिकटक बनाउने एक महिलालाई जिल्ला वन कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको छ