भारतीय गाडी रोक्ने माओवादी कदमविरुद्ध एमाओवादीको धर्ना

२९ आश्विन २०६९, सोमबार १५:२६ मा प्रकाशित

काठमाडौं, २९ असोज । भारतीय सवारीसाधन आगमन सहज पार्नुपर्ने माग राख्दै सत्तारुढ एकीकृत माओवादीनिकट मधेसी राष्ट्रिय मुक्ति मोर्चा, नेपाल (क्रान्तिकारी) नेता धर्ना बसेका छन्। वैद्य माओवादीले सबै नाकाबाट भारतीय गाडी पस्न नदिनुका साथै नेपाल भित्रिएका त्यस्ता गाडी फिर्ता गराउँदै आएको छ। तर, वैद्य माओवादीको उक्त कार्य ‘प्रचारात्मक र उत्तेजनात्मक’ भएको भन्दै एकीकृत माओवादीका मधेसी नेताले काठमाडौंलगायत मधेसका विभिन्न स्थलमा धर्ना दिएका हुन्।
मोर्चाका अध्यक्ष रामकुमार शर्माले भारतसँग आफूहरुको रोटीबेटीको नाता रहेको उल्लेख गर्दै दुई देशकोबीचको सम्बन्ध बिगार्ने उद्देश्यले बैद्य पक्षले भारतीय सवारीसाधन आगमनमा अवरोध गरेको आरोप लगाए । उनले भने, ‘पार्टी विभाजनको उद्देश्य प्रष्ट पार्न नसकेपछि उत्तेजनात्मक कार्यक्रम ल्याएर उनीहरूले नेपाल र भारत सम्बन्ध बिगार्न खोजिरहेका छन्। नेपाल(भारतको परम्परागत सम्बन्ध बिगार्न तथा दुई देशबीचको व्यापारमा असर पुर्‍याउने उद्देश्यले वैद्य माओवादीले गरेको आन्दोलनको कुनै तुक छैन ।’
भारतीय सवारी रोक्ने कार्यको विरोध गर्दै ३१ बुँदे माग राखेर मोर्चाले देशव्यापी रूपमा तीनदिने धर्ना दिने शर्माले जानकारी दिए। प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामरिझन यादवले वैद्य माओवादीले गरेको आन्दोलनले नेपाल(भारत सम्बन्ध बिगार्ने भएकाले उक्त कार्य रोक्न माग गरेको बताए। ‘भारतीय सवारी साधन अवरोध गर्ने कामले दुई देशबीचको सम्बन्ध बिगार्नुका साथै उत्तेजना फैलाउने काम गर्छ,’ यादवले भने, ‘मधेसी जनतालाई थप पीडा दिन सञ्चालन गरिएका यस्ता क्रियाकलाप रोक्न पार्टी र सरकारसँग माग गरेका छौं।’
एकीकृत माओवादीका मधेसी नेताले भारतीय सवारीसाधन आगमन सहज र पूर्वअवस्थामै सञ्चालन गर्नुपर्ने माग गरिरहेका बेला नेकपा(माओवादीले भने आन्दोलन नरोक्ने जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

काठमाडौँ- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन रहेको

काठमाडौं । बाग्मती प्रदेशसभामा बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१