चितुवाले १३ जनाको ज्यान लियो

२९ आश्विन २०६९, सोमबार १५:०७ मा प्रकाशित

बैतडी, २९ असोज । चितुवाले १३ जनाको ज्यान लिएपछि एक हप्तादेखि परिचालन भएको सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको टोलीले अझै चितुवा फेला पार्न सकेको छैन। चितुवाले श्रृङ्खलाबद्ध रूपमा आक्रमण गरेर बालबालिकाको ज्यान लिन थालेपछि परिचालन गरिएको नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीको टोलीले कुनै उपलब्धि हात पार्न सकेको छैन।
सीमा चौकीलाई आधार बनाएर पाँच ठाउँबाट परिचालन भएको सशस्त्र प्रहरीले जङ्गलमा राति एम्बुस थाप्ने, बाख्रा तथा कुकुर राखेर पासो थाप्नेलगायत गतिविधि गरिरहेको सशस्त्र प्रहरी नायब उपरीक्षक प्रेमप्रसाद पाण्डेयले बताए।
विशालपुर, आम्चौरालगायत गाविसमा राति चितुवा गर्जेको आवाज सुनिए पनि हतियारसहितका नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले भने फेला पार्न नसकेको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी हरिराज विष्टले बताए।
शैलेश्वरी गण झलारी कञ्चनपुरबाट सशस्त्र प्रहरी नायब उपरीक्षक पाण्डेयको नेतृत्वमा ४५ जना र जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक नयन साउदको नेतृत्वमा खटिएको ३२ जनाको टोली तथा रणसुर गुल्म बैतडीबाट ३९ जना नेपाली सेनाको टोली बैतडीको तल्लो स्वराडमा परिचालन भएको थियो। हप्ता दिनसम्म पनि चितुवा फेला नपरेपछि नेपाली सेनाको टोली आइतबार बैतडी सदरमुकामस्थित गुल्ममा फर्किएको छ भने सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली विशालपुर, आम्चौरा, महाकाली, पञ्चेश्वरलगायतका गाविसमा परिचालन भएको छ।
दुई हप्ताका लागि शैलेश्वरी गण झलारी कञ्चनपुरबाट आएको सशस्त्र प्रहरीले स्थानीयवासीको सहकार्यमा चितुवा मार्नकै लागि जङ्गलमा निरन्तर गस्ती गरिरहेको भए पनि स्थानीय बासिन्दा अझै त्रसित बनेका छन्। चितुवाको त्रासले साँझ ६ बजेपछि त्यो क्षेत्रका बासिन्दाले झ्यालढोका बन्द गरेर बाहिर ननिस्कने गरेको विशालपुरका स्थानीय बासिन्दा लोकमणि भट्टले बताए। रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप लक्षित जनसङ्ख्याभन्दा बढीलाई लगाइएको छ । नेपाल सरकारले यही असोज मसान्तसम्म लक्षित जनसङ्ख्याको कम्तीमा पनि

गुल्मी । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य मेटमणि चौधरीले केपी ओली आगामी निर्वाचनमा झापाबाटै पराजित हुने बताएका छन्

बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन सरकारले पहल गरिरहेको बताएका छन् ।

अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन अस्पतालबाट आइतबार डिस्चार्ज हुनुभएको छ । विरामी परेपछि उहाँलाई दक्षिणी क्यालिफोर्नियास्थित एक अस्पतालमा भर्ना गरिएको