एमाओवादी नेताका सम्पत्ति विवरण सार्वजनिक हुँदै

२९ आश्विन २०६९, सोमबार ०८:२३ मा प्रकाशित

काठमाडौं, २९ असोज । एमाओवादी नेताहरूको सम्पत्ति छानबिन गर्न गठित आयोगले आगामी शुक्रबार पार्टीलाई प्रतिवेदन बुझाउने भएको छ । नेताहरूविरुद्ध परेका उजुरी तथा उनीहरूले भरेका सम्पत्ति विवरणका आधारमा प्रतिवेदन लेखनको काम अन्तिम चरणमा पुगेकाले ३ कात्तिकमा पार्टीलाई बुझाउने तयारी भइरहेको आयोगसुत्रले जनाएको छ । ‘गत साउनमा काठमाडौंमा सम्पन्न पार्टीको सातौँ विस्तारित बैठकमा कार्यकर्ताले नेतृत्वको चर्को आलोचना गरेपछि ६ साउनमा नेता अमिक शेरचनको संयोजकत्वमा ‘केन्द्रीय सम्पत्ति एवं आर्थिक स्थितिको उच्चस्तरीय छानबिन आयोग’ गठन गरिएको थियो । आयोगमा मगर र नवराज सुवेदी सदस्य छन् ।
एक महिनाभित्र प्रतिवेदन बुझाउने गरी गठन गरिएको आयोगले पटक–पटक म्याद थप गरेर करिब तीन महिनामा प्रतिवेदन बुझाउने तयारी गरेको हो । आयोगले केन्द्रीय नेताहरूको सम्पत्ति छानबिनको काम सकाएर प्रतिवेदन लेखनलाई अन्तिम चरणमा पुर्‍याएको छ ।
‘आयोग सदस्य लोकेन्द्र विष्ट मगरका अनुसार आयोगले सकेसम्म पूरै प्रतिवेदन सार्वजनिक गर्ने गरी काम गरिरहेको छ । प्रतिवेदन पूरै सार्वजनिक गर्ने वा प्रतिवेदनको सार मात्रै सार्वजनिक गर्ने भन्नेमा छलफल गरिरहेको छ । प्रतिवेदन लेखनको काम पनि चलिएको उनको भनाइ छ । ‘हामीले प्रतिवेदन लेखनको काम अन्तिम चरणमा पुर्‍याएका छौँ,’ उनले भने, ‘असोज अन्तिमसम्ममा प्रतिवेदनको काम सकिन्छ ।’
आयोगले १५ साउनमा पार्टी केन्द्रीय कार्यालयबाट कार्यादेश पाएको थियो । सोही दिनदेखि हिसाब गर्दा आयोगले १५ भदौभित्र प्रतिवेदन पेस गर्नुपर्ने थियो । तर, पटक–पटक म्याद थप गर्दै आयोगले बल्ल प्रतिवेदन लेखनको काम थालेको हो । पछिल्लोपटक थप म्याद असोज मसान्तमा सकिँदै छ । असोजभित्र प्रतिवेदन लेखनको काम नसकिए केन्द्रीय कार्यालयसँग म्याद थपका लागि पुनः निवेदन गरिने आयोग सदस्य मगरले जानकारी दिए ।
६ साउनमा गठित आयोगले पाँच दिनपछि काम थालेको थियो । ११ साउनमा आयोगले पत्रकार सम्मेलन गरी केन्द्रीय नेताको सम्पत्तिका विषयमा उजुरी गर्न आह्वान गरेको थियो । एमाओवादीका केन्द्रीय नेताहरूउपर गरिने उजुरीका लागि ११ देखि १७ साउनसम्मको समय दिइएको थियो । पहिलोपटक दिइएको एक साताको समयावधिमा आयोगले अपेक्षा गरेजति उजुरी नपरेपछि २५ साउनसम्म समय लम्ब्याइएको थियो ।
थप समयमा पनि आयोगलाई चित्तबुझ्दो उजुरी नपरेपछि दोस्रोपटक म्याद थप गरेको थियो । दोस्रोपटक २८ साउनसम्मका लागि म्याद थप गरिएको थियो । उक्त अवधिका लागि आयोगले काठमाडौं उपत्यकाका चार ठाउँमा सार्वजनिक उजुरीपेटिका राखेको थियो । काठमाडौंको कलंकीचोक, बालाजुचोक, कोटेश्वर चोक र ललितपुरको पुलचोकमा उजुरीपेटिका राखिएको थियो । ११ साउनदेखि २८ गतेसम्ममा एमाओवादी नेताविरुद्ध ६५ उजुरी परेको संयोजक शेरचनले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा भएको निर्वाचनमा पराजित भएपछि कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहको आलोचना गरेका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा राजेन्द्र लिङदेन विजयी भएका छन् । नयाँ कार्यसमिति चयनका लागि शनिबार

काठमाडौं । कांग्रेसको दशौं महाधिवेशन २०५७ माघ ६-९ सम्म पोखरामा सम्पन्न भएको थियो। यस महाधिवेशनसँगै कांग्रेसको विधान झन् प्रजातान्त्रिक भयो।

काठमाडौं। नेकपा एमालेको दोस्रो केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी बनाउने म्यान्डेट पाएको छ । चितवनमा सम्पन्न पहिलो बैठकले स्थायी कमिटी

आजको प्रमुख समाचार