बस्नेतको बढुवा रोक्न अदालतमा रिट

२९ आश्विन २०६९, सोमबार ०८:१३ मा प्रकाशित

काठमाडौं, २९ असोज । संसय र अनेक आशंकाबीच दुई साताअघि सहायकरथी (ब्रिगेडियर जनरल)मा बढुवा गरिएका राजु बस्नेतको बढुवा बदर गर्न सर्वोच्च अदालतमा आइतबार रिट परेको छ । उनीमाथि केही एनजीओ सञ्चालकहरुले मानवअधिकार उल्लंघनको अभियोग लगाउंदै आएका छन् भने बस्नेतामाथि पूर्वाग्रहवश आरोप लागाइएको प्रतिक्रिया अर्कोपक्षले दिँदैआएको छ । द्वन्द्वकालमा बेपत्ता पारिएका आफन्तहरू गोंगबुका प्यान्टुलु महर्जनसमेत ३४ जनाले रिट दायर गरेका हुन् । रिटमा द्वन्द्वकालमा भैरवनाथ गणमा उनी गणपति हुँदा ४९ जना बेपत्ता पारिएको र सयौंलाई चरम शारीरिक तथा मानसिक यातना दिएको उल्लेख छ । उनी त्यसबेला लेफ्टिनेन्ट कर्णेल (प्रमुख सेनानी) थिए । रिटमा प्रधानमन्त्री तथा प्रधानमन्त्रीको कार्यालय, रक्षा मन्त्रालय, मानव अधिकार आयोग, नेपाली सेना जंगीअड्डा, प्रधानसेनापति गौरवशमशेर राणासमेतलाई विपक्षी बनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं ।नेपाली कांग्रेसले खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका प्रमुख राजेश कुशवाहामाथि गम्भीर दुर्व्यवहार गर्ने दोषीलाई कानुनी कारबाही गर्न

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनको चर्को आलोचना गरेका छन्। पूर्वप्रधानमन्त्रीसमेत

काठमाडौँ । परराष्ट्रमन्त्री डा.नारायण खड्काले लिपुलेकमा तत्काल जनगणना नहुने संकेत गरेका छन् । शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा परराष्ट्रमन्त्री खड्काले

काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आफूहरुले अहिले पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा नमागेको स्पष्ट पारेका छन्

आजको प्रमुख समाचार