दशैंभर लोडसेडिङमा कटौती

२९ आश्विन २०६९, सोमबार ०८:०५ मा प्रकाशित

काठमाडौं, २९ असोज । नेपाल विद्युत् प्राधिकरणले नेपालीहरुको महान चाड बडादसैँको अवधिभर विद्युत कटौतीको समय घटाउने निर्णय गरेको छ। बडादसैँलाई ध्यानमा राखेर आगामी कात्तिक ५ देखि १३ गतेसम्म लोडसेडिङको समय घटाउने निर्णय गरेको प्राधिकरणका कार्यकारी निर्देशक अष्टरत्न शाक्यले जानकारी दिए। उनका अनुसार कात्तिक ५ देखि १३ गतेसम्मको अवधिमा सातामा १८ घन्टामात्रै लोर्डसेडिङ हुनेछ। अहिले सातामा ४८ घन्टा लोडसेडिङ हुँदै आइरहेको छ। प्राधिकरणको सो निर्णयले बडादसैँभरि उपभोक्तालाई केही राहत हुने जनाएको छ।
प्राधिकरणको निर्णयअनुसार सो समयमा हप्ताको पाँच दिन दुईरदुई घन्टा र दुई दिन चाररचारघन्टाका दरले लोडसेडिङ हुनेभएको छ। रासस

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चैतभित्र सबै नेपाली नागरिकलाई कोरोनाविरूद्धको खोप लगाइसक्ने बताएका छन् । बिहीबार कोभिड १९ संकट व्यवस्थापन

जाजरकोट । स्वास्थ्य सेवा कार्यालयबाट ७२ प्रकारका औषधि निःशुल्क पाइने व्यवस्था भए पनि डोल्पाका स्वास्थ्य सेवा कार्यालयमा औषधि नहुँदा समस्या

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज रु २० अर्बको १४ दिन अवधिको रिपो जारी गर्ने भएको छ । बैंकले यही

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाक्री वीर अस्पताल भर्ना भएकी छन्। निमोनियाका कारण मन्त्री झाक्री गएराति वीर अस्पताल भर्ना