बेल्जियममा सम्पन्न निर्वाचनमा नेपाली मुलका उम्मेदबार पराजित, जातीय र राजनीतिक बिभाजन पराजयको कारण

२९ आश्विन २०६९, सोमबार ०५:४२ मा प्रकाशित

दीपक ज्योति पौडेल, बेल्जियम, २९ असोज । आइतबार बेल्जियममा सम्पन्न नगरपालिका र प्रोभिन्सीको निर्वाचन अन्तरगत रहेका तीन नेपाली उम्मेद्ववार मध्य सोसलिस्ट पार्टी ग्रुन बाट लुभेन नगरपालिका निर्वाचनमा उम्मेद्ववारी पाएका नेपाली भाषी खड्क बहादुर केसी नेपाली मुलका बेल्जिकहरुको असहयोगका कारण पराजित बनेका छन् । केसीको व्याक्तिगत मतको आधारमा उनी पार्टीको समानुपातिक मतले निर्वाचित हुन करिव २१५ मतको आवश्यकता थियो । केसीले व्याक्तिगत मत ३८५ प्राप्त गरे यो नेपाली उम्मेद्ववारहरु मध्ये सबै भन्दा बढी मत हो । उनले निर्वाचन लडेको नगरपालिकामा उनी निकट पार्टीले अघिल्लो निर्वाचन भन्दा ४ प्रतिशत मत बढी हासिल गर्यो भने विजयी पार्टी एसपिएको तीन प्रतिशत मत तल झरेको छ । अर्का नेपाली उम्मेद्वार कृष्ण प्रसाद रेग्मी अन्त्वेर्पेन नगरपालिकाको निर्वाचनमा सिडी एण्ड भी पार्टीको तर्फबाट नगरपालिका सदस्यमा चुनाव लडेका थिए । उनले व्याक्तिगत मत जम्मा ८३ प्राप्त गरेका छन् भने पार्टी बहुमतमा छ । त्यस्तै अर्का उम्मेद्ववार लिला शर्माले नगरपालिका निर्वाचनमा व्याक्तिगत मत जम्मा ५१ र प्रोभिन्सीको सदस्य अन्तरगत ४४१ मत प्राप्त गरेकी छिन । बेल्जियमको निर्वाचनमा यो नेपालीभाषीको तेस्रो सहभागीता हो । यस भन्दा अगाडी कृष्ण के.सी र बिरमान घर्ती मगरले निर्वाचनमा हार व्योहोरेका थिए । नेपालीको बसोवासको हिसाबले हेर्ने हो भने बेल्जियमको लुभेन नगरपालीका निर्वाचनमा निर्वाचित हुने संभावना प्रवल देखिन्छ । यस क्षेत्रमा करिव १००० को हाराहारीमा रहेका नेपालीहरु विच भावानात्मक सम्वन्ध कायम गर्ने हो भने आगामी निर्वाचन सजिलै जित्न सकिन्छ । तर मूल देशको नेपालको सामाजिक, राजनीतिकआस्था, विभिन्न जात जाती, धर्म र क्षेत्रका हिसावले नेपाली मुलका बेल्जिकहरु विभाजित भएका कारण आगामी निर्बाचन पनि परिणाम मुखी हान नसक्ने देखिन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । न्यूयोर्क राज्य संसदको चुनावमा पहिलो पटक नेपाली मूलकी एक युवती सांसद बन्ने सम्भावना बढेको छ । नेपाली मुलकी

काठमाडौं ।अमेरिकाको कनेक्टिकट राज्यमा बसोबास गर्दै आएका नेपाली मूलका राम चन्द्र श्रेष्ठ नगर समिती सदस्यमा निर्वाचित भएका छन् । गत

लस एन्जेलस। अमेरिकाको आर्टिसिया शहरमा नेपाली मूलका रामेश्वर भण्डारी शहरी सुन्दरता र पुननिर्माणसम्बन्धी आयोगका आयुक्त नियुक्त भएका छन्। सिटी काउपन्सिलको

मेरिल्याण्ड। अमेरिकाको सत्तारुढ दल डेमोक्र्याट पार्टीको मेरिल्याण्ड राज्यको केन्द्रीय सदस्यमा नेपाली मूलका अर्जुन हमाल निर्वाचित भएका छन्। यो निर्वाचनसँगै अमेरिकाको

आजको प्रमुख समाचार