नेटवर्किङ्ग व्यापारमा लाग्नेहरु प्रहरी फन्दामा

२९ आश्विन २०६९, सोमबार ००:५४ मा प्रकाशित

काठमाडौं, २९ असोज । भारतको पञ्जाव प्रान्तमा पर्ने चण्डीगडमा सञ्चालित डाईनामिक बेनिफिसियल एकर्ड प्रालि (डीबीए कम्पनी)मा काम गर्ने १९ जना नेपाली कामदार इलामको तमु होटल एण्ड गेस्ट हाउसबाट पक्राउ परेका छन् । नेटवर्किङ्ग कारोबारमा संलग्न रहेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा मोरङ्ग पथरीका विमल दाहाल, इमानसिंह आङ्देम्बे, चन्द्रकला राई, उर्लाबारीका सञ्जय दुलाल, रोजश शाह, दिनेश परियार, केबी गुरुङ्ग, हसन्दहका भेषराज आचार्य, विराटनगरका यादव परियार छन् ।
झापा अनारमनीका अभिलाष शाह, होमप्रसाद आचार्य, तोपगाछीकी उर्मिला राई, पञ्जु राई, पारस सुब्बा, दमकका तुलसी कुमाल, सुवास न्यौपाने, धरानका धनबहादुर गुरुङ्ग, इलाम इभाङ्गका प्रवीण लिम्बू र टेकवीर वान्तवा पनि पक्राउ पर्नेमध्य रहेका छन् । नेपालमा नेटवर्किङ्ग कारेबार गर्ने कुनै अनुमति नभएकाले पक्राउ गरिएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

कञ्चनपुर । बेलडाँडी गाउँपालिकामा दिउँसै बाघले गोठमा छिरेर चौपाया मारेर खान थालेको छ । गोठमा बाँधेका गाई, बाच्छाबाच्छी, बाख्रालाई बाघले

महेन्द्रनगर । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)को टोली बाढीपीडितलाई राहत उपलब्ध गराउन कञ्चनपुर पुगेको छ । भीमदत्त नगरपालिका–११, १२ र

सुनसरी । बाढी पहिरोपीडितको अवस्था बुझन् पुर्व आउका प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी कर्मचारीसँग मात्र जानकारी लिएका छन् । आइतबार बिहान

टीकापुर । कैलालीमा कात्तिक २ गते आएको बेमौसमी बाढीले धेरैलाई घरबारविहीन बनाएको छ । कैलालीमा बाढीका कारण हजारौँ घर डुबानमा

आजको प्रमुख समाचार