चौधरी ग्रुपको मुख्य कारखानामा आगलागी

२९ आश्विन २०६९, सोमबार ००:४७ मा प्रकाशित

काठमाडौं, २९ असोज । चौधरी ग्रुपको इलोक्ट्रोनिक्सको मुख्य कारखानामा भिषण आगलागी भएको छ । काठमाडौंको सतुङगलस्थित कारखानामा आइतबारबेलुका करिव ६ बजेदेखि आगलागी सुरु भएको थियो । आगलागीबाट कारखानामा रहेका करोडौंको सामान नष्ट भएको बताइएको छ ।
चौधरी ग्रुपको उक्त मुख्य कारखानामा इलेक्ट्रोनिक्स सामानहरु रहेका थिए । कारखानाको गोदाममा रहेका केही सामान सुरक्षाकर्मीले बाहिर पनि निकाले पनि आगलागीबाट बचाउन कारखानाबाट बाहिर निकालिएका सामान स्थानीयले चोरीको प्रयास समेत गरेका थिए । प्रहरीले केहीलाई पक्राउ समेत गरेको बुझिएको छ ।
आगो नियन्त्रण गर्न समस्या भएपछि त्रिभुवन विमानस्थलका दुई वटा अत्याधुनिक दमकल सहित ६ वटा दमकलले आगो नियन्त्रण गरेका थिए ।
आगलागीको कारण खुल्न सकेको छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निवर्तमान अध्यक्ष कमल थापाले आफूले अंगाल्दै आएको मान्यतामाथि आफैभित्र प्रश्न उठेको बताएका छन् । हिन्दु राष्ट्र

काठमाडौं।राप्रपा निवर्तमान अध्यक्ष पशुपतिशमशेर जबराले राजेन्द्र लिङ्देनलाई पार्टी अध्यक्ष बनाउने गरी महाधिवेशन प्रतिनिधिले दिएको निर्णय शिरोधार्य रहेको बताएका छन् ।

काठमाडौँ ।कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट मुक्त भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत आएका छन् । जबराको कोरोना रिपोर्ट शुक्रबार

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो