नेपाली साहित्य प्रतिष्ठान हङकङको १२ औं बार्षीकोत्सव सम्पन्न

२८ आश्विन २०६९, आईतवार २०:५० मा प्रकाशित

हङकङ । यहि अक्टोवर १४ का दिन हङकङस्थित जोर्डनको फूलबारी रेष्टुरेण्टमा नेपाली साहित्य प्रतिष्ठान हङकङको १२ औं बार्षिकोत्सव सम्पन्न भएको छ । नेपाली साहित्य प्रतिष्ठान हङकङका अध्यक्ष टंक सम्वाहाम्फेको सभापतित्वमा प्रमुख अतिथी जनजाति साहित्य समूह हङकङका अध्यक्ष भूपेन्द्र चेम्जोङ र बिशेष अथितिमा साब्लाबुङ साहित्यिक मासिकका सम्पादक राज कुमार राई आसीन हुनुहुन्थ्यो । नेपाली साहित्य प्रतिष्ठान हङकङका सदस्य तथा भयवादका प्रवर्तक देश सुब्बाको स्वागत मन्तब्यसंगै कविता बाचन श्रृङखला सुरु गरिएको थियो । कविता वाचन गर्ने कविहरुमा क्रमश: पृथ्वीमान थेवे, रीता गुरुङ, अशोक राई, पूर्णीमा शाह, त्रिभुवन लम्फुङा, चन्द्र मादेन आन्छन्, बिष्णु इङगनाम, शरण सुब्बा, देश सुब्बा थिए । त्यसैगरी पत्रकारहरु एभरेष्ट साप्ताहिक हङकङका सम्पादक किशन राई र कृष्णराज लावतीको उपस्थिति रहेको थियो । बिदेशबाट पठाइएका दुई कविता मध्ये कवि बुद्ध चेम्जोङको कविता रीता गुरुङ, अर्जुन प्रधानको कविता पूर्णिमा शाहले वाचन गरेका थिए । नेपाली साहित्य प्रतिष्ठान हङकङले बिगत सन् २००० देखि क्रमश पुस्तक प्रकाशन साथै साहित्यिक कार्यक्रम सहित बार्षिकोत्सव सम्पन्न गर्दै आएको छ । हङकङमा नेपाली साहित्यको समृद्धि र जगेर्नाको लागि नेपाली साहित्य प्रतिष्ठान हङकङले बिदेशमा उल्लेखनिय योगदान दिंदै आएको छ । यहि योगदानलाई कदर गर्दै हङकङ नेपाली महासंघले नेपाल पदक प्रथमले समेत बिभूषीत गरी सकेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । २०७७ सालको मदन पुरस्कार भगिराज इङनामको लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (सम्वत् १७१९-२०२०) ले पाएको छ ।मदन पुरस्कार गुठीले

नुवाकोट स्थायी घर भई काठमाडौँमा रहेर साहित्य सिर्जनामा सक्रिय सर्जकको संस्था त्रिशूली वाङ्मय प्रतिष्ठानको बाह्रौँ साधारणसभाले आगामी दुई वर्षका लागि

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली वाङ्‍मय क्षेत्रका विभिन्न व्यक्तित्वलाई विभिन्न प्रज्ञा पुरस्कार प्रदान गर्नुभएको छ । नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा राष्ट्रपति