संविधानसभा पुनःस्थापना एमाओवादीको सत्ता लम्ब्याउने जालझेल:एमाले वरिष्ठ नेता नेपाल

२८ आश्विन २०६९, आईतवार २०:४४ मा प्रकाशित

काठमाडौँ, २८ असोज । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले संविधानसभा पुनःस्थापनाको विषय बेमौसमको बाजा भएको र यसले मुलुकलाई निकास दिन नसक्ने बताउनुभएको छ । साझा प्रकाशनद्वारा आयोजित बृहत् पुस्तक प्रदर्शनीको अवलोकनपछि एमाले वरिष्ठ नेता नेपालले संविधानसभा पुनःस्थापनाका विषयमा भइरहेको छलफल एमाओवादीको सत्ता लम्ब्याउने जालझेल मात्रै भएको दाबी गर्नुभयो । वर्तमान कामचलाउ सरकारको नेतृत्वमा नयाँ निर्वाचनमा जान नसकिने भन्दै उहाँले यस सरकारको बहिर्गमनपछि मात्रै नयाँ निर्वाचनको ढोका खुल्ने र दलहरुका बीचमा राजनीतिक सहमति कायम हुने धारणा राख्नुभयो । नेता नेपालले मुलुकलाई निकास दिन दलहरु असफल भएमा राष्ट्रपतिले राजनीतिक दलहरुको सहमति र विश्वास जितेर उचित कदम चाल्नुपर्ने टिप्पणी गर्नुभयो । यही असोज १५ गतेदेखि सुरु भएको सो प्रदर्शनीमा विभिन्न प्रकाशन गृह र व्यक्तिगत गरी १०६ वटा प्रकाशनका १५ हजार पुस्तक राखिएका छन् । अहिलेसम्म रु एक करोड ८८ हजारको पुस्तक बिक्री भइसकेको प्रकाशनका प्रबन्धक दीपक अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको सातै प्रदेश समितिमा नयाँ नेतृत्व चयनका लागि पहिलो पटक प्रदेश अधिवेशन चलिरहेको छ । प्रदेश अधिवेशनबाट

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टीकाे नयाँ नेतृत्वका लागि आज बिहान ८ बजे तय भएकाे मतदान साढे १० बज्दा पनि सुरु भएकाे छैन

काठमाडौँ । आज सूर्यग्रहण लाग्दैछ । सूर्य ग्रहण दक्षिण अमेरिका, अस्ट्रेलिया, दक्षिण अफ्रिका र दक्षिण एट्लान्टिकका देशबाट मात्रै देख्न सकिने

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्रदेश कार्यसमिति चयनका लागि आज मतदान हुँदैछ । शुक्रबार प्रदेश कार्यसमितिका लागि पदाधिकारी र