राष्ट्रपतिको निर्णयबाट कार्तिक भित्रै नयाँ सरकारः काग्रेस महामन्त्री सिटौला

२८ आश्विन २०६९, आईतवार २०:३९ मा प्रकाशित

काठमाडौ, २८ असोज । काग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले दलहरुवीच सहमति नभए राष्ट्रपतिको निर्णयबाट कार्तिक भित्रै नयाँ सरकार गठन हुने दावी गरेका छन् । राजधानीमा आयोजित साक्षात्कारमा उनले दलहरुले सहमति नगरे राष्ट्रपतिले संविधानको संरक्षकको नाताले कदम चाल्न बाध्य हुने भन्दै राष्ट्रपतिको निर्णयबाटै कार्तिक भित्र नयाँ सरकार गठन हुने ठोकुवा समेत गरे । साक्षात्कारमा सिटौलाले भने–बाबुराम भट्टराई नेतृत्वको सरकारले मंसिर देख्दैन । सहमति भए पनि नभए पनि कार्तिकमा मुलुकले नयाँ सरकार पाउँछ । मुलुक अब लामो समयसम्म बन्धक रहनै सक्दैन । राष्ट्रपतिले सार्वजनिक रुपमै चुप लागेर नबस्ने संकेत गरिसक्नु भयो । अब दलहरुवीच सहमति भए पनि नभए पनि राष्ट्रपति कदम चाल्न बाध्य हुने छन् । संविधानसभा बचाई राख्न काग्रेसले पटक पटक प्रयास गरे पनि माओवादीले नमानेको कारण अन्तत आफूहरु निर्वाचनमा जाने निर्णयमा पुगेको भन्दै अब फेरि काग्रेस माओवादीको संविधानसभा पुनःस्थापना गर्ने हावादारी कुरामा नअल्झिने स्पष्ट पारे । उनले काग्रेसले विवादित विषयमा सहमति जुटाएर संविधान जारी गर्न पुनःस्थापना गर्नु पर्छ भनि लिएको विषयमा माओवादीले राजनीति गरेको भन्दै काग्रेस अब पुनःस्थापनाको माओवादी खेलमा नअल्झिने बताए । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको संविधानसभा पुनःस्थापानको प्रस्ताव संविधान बन्न पनि नदिने, निर्वाचन पनि हुन नदिने र सत्ताको आयू बढाउने चाल मात्रै भएको सिटौलाले ठोकुवा गरे । उनले भने, ‘प्रचण्डजीको बोलीको विश्वास छैन । अहिले पुनःस्थापनाको कुरा गर्ने प्रचण्डले बेल्जीयम बाट फर्केपछि हेर्दै जानुस फेरि कुरा फेर्छन ।’ सिटौलाले अब आगामि बैशाखमा संविधानसभाको भुमिका समेत निर्वाह गर्ने गरी संसदको निर्वाचन गर्न सबै तयार हुनु पर्ने भन्दै अबको दलहरुको छलफल सहमतिको सरकार गठन, निर्वाचन र निर्वाचनको मितिको विषयमा केन्द्रीत हुने समते दावी गरे । माधवकुमार नेपाल र झलनाथ खनालले संविधान सभा जोगाउन सत्ता छाडेको तर संविधानसभाको जननी भन्ने बाबुराम भट्टराईले सत्ता बचाउन संविधानसभाको हत्या गरेको दावी गर्दै सहमति भए कुर्सि छाड्छु भन्ने प्रधानमन्त्रीले नै सहमति हुन नदिएको आरोप समेत लगाए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रसंघीय जलवायु सम्मेलन संरचना महासन्धी (कोप-२६) अन्तर्गत नोभेम्बर १ र २ मा स्कटल्यान्डको ग्लास्गोमा हुने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चैतभित्र सबै नेपाली नागरिकलाई कोरोनाविरूद्धको खोप लगाइसक्ने बताएका छन् । बिहीबार कोभिड १९ संकट व्यवस्थापन

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाक्री वीर अस्पताल भर्ना भएकी छन्। निमोनियाका कारण मन्त्री झाक्री गएराति वीर अस्पताल भर्ना

काठमाडौँ । अमेरिकाका लागि १८ औँ नेपाली राजदूत डा‍. युवराज खतिवडा नेपाल फर्किएका छन् । एक वर्षभन्दा कम समय अमेरिकाको बसाइ