एमाओवादी नेताहरुमाथिको भ्रष्टाचार प्रतिवेदन कात्तिक ३ गते सार्वजनिक गरिदै

२८ आश्विन २०६९, आईतवार २०:३० मा प्रकाशित

काठमाडौं, १९ असोज । एमाओवादीले आगामी कात्तिक ३ गते पार्टी नेताहरूले गरेको भ्रष्टाचार र श्रोत बिना जोडेको सम्पत्ति छानबिनका लागि गठित आयोगले आफ्नो प्रतिवेदन सार्वजनिक गर्ने भएको छ । सम्पत्ति छानबिनका लागि गठित आयोगले प्रतिवेदनलाई अन्तिम रूप दिएको र सार्वजनिक गर्ने तयारी भइरहेको आयोगका सदस्य लोकेन्द्र विष्ट मगरले जानकारी दिएका हुन् ।

आयोगले यही असोजको अन्तिमसम्म प्रतिवेदन सार्वजनिक गर्ने बताए पनि केही प्राविधिक काम बाँकी रहेको भन्दै कात्तिक ३ गते सार्वजनिक गर्ने बताइएको हो । गत असारमा सम्पन्न पार्टीको सातौँ विस्तारित बैठकले पार्टीका नेता अमिक शेरचनको अध्यक्षतामा गठन गरिएको सो समितिले साउनको दोस्रो साताबाट काम थालेको थियो ।

आयोगको समायावधि सुरुमा एक महिना हुने भनिए पनि काम पूरा नभएको भन्दै पटकपटक म्याद थपिएको थियो । एमाओवादीले आफ्ना केन्द्रीय तहका नेताहरू शान्ति प्रक्रियामा प्रवेश गरेपछि पार्टी नीति विपरित सम्पत्ति जोडेको भन्ने सर्वत्र कुरा उठेपछि आर्थिक हैसियतको सत्यतथ्य केलाउन थालेको आयोगका सदस्य विष्टले जानकारी दिए ।

आयोगले गत साउन ११ देखि साउन २८ गतेसम्म नेताहरूका विरुद्ध उजुरी हाल्न सार्वजनिकरूपमा आह्वान गरेको थियो । आह्वानपछि आयोगमा विभिन्न नेताउपर ६५ वटा उजुरी परेका थिए । आयोगले उजुरीवाला र उजुरी पर्नेको नाम गोप्य राखेर छानबिन गरेको जनाएको छ ।

आयोग सदस्य विष्टका अनुसार अध्यक्ष पुष्पकमल दाहाललगायतका शीर्ष नेता पनि छानबिनको दायरामा परेका छन् । आयोग सदस्य विष्टले माओवादीका तल्लो तहमा समेत छानबिन आयोग गठन गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले छानबिनको मूल प्रतिवेदन पार्टीलाई बुझाइने र त्यसको सारांश मात्र सार्वजनिक गरिने बताए । सो आयोगमा नेता शेरचन अध्यक्ष र नेता विष्ट तथा नेता नवराज सुवेदी सदस्य रहेका थिए ।

यसैबीच, माओवादीले सचिव पोष्टबहादुर बोगटीको संयोजकत्वमा लडाकु शिविरभित्र भएको भनिएको आर्थिक अनियमितता छानबिन गर्न अर्को आयोग पनि गठन गरेको थियो । सो आयोगका सदस्य एवम् माओवादी केन्द्रीय कार्यालयका मुख्यसचिव हितबहादुर पाण्डेले काम अन्तिम चरणमा पुगेको बताएका छन् ।

–रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा भएको निर्वाचनमा पराजित भएपछि कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहको आलोचना गरेका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा राजेन्द्र लिङदेन विजयी भएका छन् । नयाँ कार्यसमिति चयनका लागि शनिबार

काठमाडौं । कांग्रेसको दशौं महाधिवेशन २०५७ माघ ६-९ सम्म पोखरामा सम्पन्न भएको थियो। यस महाधिवेशनसँगै कांग्रेसको विधान झन् प्रजातान्त्रिक भयो।

काठमाडौं। नेकपा एमालेको दोस्रो केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी बनाउने म्यान्डेट पाएको छ । चितवनमा सम्पन्न पहिलो बैठकले स्थायी कमिटी

आजको प्रमुख समाचार