संविधान जारी गर्न सहमति भए तत्कालै पद छाड्छु: प्रधानमन्त्री भट्टराई

२८ आश्विन २०६९, आईतवार १३:२७ मा प्रकाशित

बर्दिवास, २८ असोज । प्रधानमन्त्री डा बाबुराम भट्टराईले संविधान बन्ने प्रत्याभूति नभएसम्म आफूले पद नछाड्ने बताउनुभएको छ । शनिबार महोत्तरी जिल्लाको फूलकाहा, मनरबा गाउँको दलितबस्तीमा रात बिताउनु भएका प्रधानमन्त्री डा भट्टराईले आइतबार बिहान मनरबा गाउँका मुसहर जातिका दलितसँगको बिदाइ समारोहमा बोल्दै शोषितपीडित र सदियौँदेखि अवसरबाट वञ्चित जनताको हकअधिकार संविधानमा उल्लेख हुने प्रत्याभूति भएपछि मात्र आफूले पद छाड्ने स्पष्ट पार्नुभयो । प्रधानमन्त्रीले दलहरुले गर्ने सहमति लागु गर्न आफू प्रतिबद्द रहेको बताउँदै विरोध छाडेर दलहरु सहमतिमा आउनुपर्नेमा जोड दिनु भयो । दलहरुले संविधान जारी गर्न सहमति गरे आफूले तत्कालै पद छाडिदिने प्रधानमन्त्री डा भट्टराईको भनाइ थियो । शनिबार राति बस्तीका दलितसँग अन्तरक्रिया गर्नुभएका प्रधानमन्त्रीले आइतबार बिहान जिल्लाको गौशालास्थित ‘गौशाला’को निरीक्षण र गौशाला बहुमुखी स्नातक क्याम्पसको उद्घाटन समेत गर्नुभयो । सो अवसरमा भर्खरै स्नातक कक्षा सञ्चालनका लागि स्वीकृति पाएको सो क्याम्पसका प्राचार्य रमेशकुमार महतोले क्याम्पसको भौतिक पूर्वाधारबारे प्रधानमन्त्रीलाई जानकारी गराउनुभएको थियो । प्रधानमन्त्री डा भट्टराईले आजै बिहान जिल्लाको औरहीस्थित उच्च मावि परिसरमा त्यहाँका बासिन्दासँग अन्तरक्रिया गर्दै शिक्षा विकासको पूर्वाधार भएकाले कुनै आग्रह पूर्वाग्रह नराखी यसको विकासमा लागिपर्न सबैसँग आग्रह गर्नुभएको थियो । प्रधानमन्त्री डा भट्टराईको आज जिल्लाको गौरीडाँडास्थित येमाओबदिले संचालन गरेको आधारशिलाको निरीक्षण गर्दै राजधानी फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । आज विजया दशमीको दोस्रो दिन । हिन्दु धर्मावलम्बीहरुले आज पनि दसैं हर्षोल्लासका साथ मनाइरहेका छन् । चितवनमा १०५

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा शुक्रबार आमा मिथिला पाण्डेका हातबाट बिहान १० बजेर २ मिनेटको शुभसाइतमा टीका ग्रहण

काठमाडौं । नेपालीहरूको महान चाड दसैँ जारी छ । यस वर्ष विजयादशमी २९ असोजमा परेको छ । यसपालिको दसैँमा नेपालका

काठमाडौं । वर्षमा चारवटा नवरात्रहरू पर्दछन् । जसको छुट्टाछुट्टै महत्त्व छ र शास्त्रले पनि यसलाई त्यहीअनुसार व्याख्या गरेको छ ।