सहमतिको राष्ट्रिय सरकारले मात्र मुलुकले निकास पाउने: कांग्रेस सभापति कोराला

२८ आश्विन २०६९, आईतवार १३:१६ मा प्रकाशित

बाँके, २८ असोज । कांग्रेस सभापति सुशील कोरालाले सहमतिको राष्ट्रिय सरकारले मात्र मुलुकले निकास पाउने बताएका छन् । आइतबार प्रेस युनियन बाँकेद्वारा आयोजित पत्रकार सम्मेलनमा माओवादी बाधक बनेको कारण राष्ट्रिय सहमति हान नसकेको आरोप लगाए । सभापति सुशील कोरालाले भने,’प्रचन्डले फरक फरक प्रसङ्ग निकालेर सहमतिमा अवरोध सृजना गरिरहेका छन्, ‘माओवादीको यस्तै चाल रहने हो भने उनीहरू चाडै समाप्त हुनेछन ।’कोइरालाले माओवादीकै कारण बजेट आउन नसक्ने बताउदै माओवादी व्यवहार नसच्चिए मुलुक असफलतातर्फ जाने बताउदै सहमतिको राष्ट्रिय सरकार बने मात्र दलहरूबीचको विश्वासको संकट अन्त्य हुने दावी गरे । माओवादीले अरू दलभित्र खेल्न सबै पार्टीका नेताहरुलाई प्रधानमन्त्री बन्नुपर्छ भन्ने बताइरहेको उल्लेख गर्दै माओवादीको चलखेल सबैले बुझिसकेको बताए । सभापति कोइरालाले निर्वाचनमा जानुको विकल्प नरहेको बताउदै अब हुने निर्वाचनले संविधान सभा र संसदको काम गर्ने छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राजीनामा दिनुपर्ने चौतर्फी दबाबमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मंगलबार पनि मुद्दा सुनुवाइको पेसी सार्वजनिक गरेका छन् । कार्यपालिकामा

काठमाडौं । मस्तिष्क मानव शरीरको सबैभन्दा जटिल अंग हो। मानव मस्तिष्कको विकासबारे एक पछिल्लो अध्ययनले करिब-करिब मिल्दोजुल्दो तथ्य उजागर गरेको छ। करिब

काठमाडौँ ।नयाँ संविधान २०७२ कार्यन्वयनमा आएपछि मुलुक संघीय संरचना अनुसार सञ्चालित छ । मुलुकमा संघीयताको स्थापनासँगै सिंहदरवारमा निहित अधिकार जनताको

काठमाडौँ ।राज्य संचालनका लागि नभई नहुने र चल्नै पर्ने तीन अंग यतिबेला लथालिङगको अवस्थामा छन् । कार्यपालिका, व्यवस्थापिका र न्यायापालिका