आइतवार बेल्जियममा स्थानिय निर्वाचन हुँदै, नेपाली उम्मेदवारहरु बिजयी होलान ?

२८ आश्विन २०६९, आईतवार ०८:५३ मा प्रकाशित

कृष्ण प्रसाद रेग्मी, वेल्जियम, २८ असोज । आइतवार वेल्जियममा स्थानिय निर्वाचन हुँदैछ । यस निर्वाचनमा तीन गैरआवासीय नेपालीहरु मात्र उठेका होइन स्वयं वेल्जियमका प्रधानमन्त्री देखी लिएर विपक्षी दलका प्रमुख नेताहरु समेत यस निर्वाचनमा सहभागी भएका हुदाँ यस निर्वाचनलाई महत्वका साथ हेरिएको छ । वेल्जियमको यस पटकको स्थानीय निर्वाचन नेपालीहरुका लागि थप महत्व र चर्चा यस कारणवाट भएकी यहाँका विभिन्न शहरहरुवाट ४ जना नेपालीहरुले उम्मेदवारी दिएका र तिनको सफलता वा असफलता के होला भनेर घर घरमा हुने गरेको छ ।

यस अगाडि वेल्जियमका नेपालीहरु नेपालकै काग्रेस माओवादी एमाले र राप्रपामात्र राजनैतिक दलहरुका रुपमा वुझेका र वुझाइएका मात्र भए पनि यस पटक चै वेल्जियममा वसोवास गर्ने तमाम नेपालीहरुमा यहाँको राजनैतिक दलहरुका वारेमा थप जानकारी प्राप्त गर्ने अवसर पाइरहेका छन ।

निर्वाचन कसरी हु्न्छ?
वेल्जियमको भोलीको निर्वाचन सवै क्षेत्रमा कम्युटर प्रणालीवाट हुनेछ । हरेक वुथ केन्द्रमा मतदान अधिकारीलाई निर्वाचन आयोगले निर्वाचनको सिस्टम भएको युविस उपलव्ध गराएको हुन्छ । सोही प्रणाली अनुसार मतदान संकलन र सुरक्षण गरि केन्द्रीय मतगणना कार्यलयमा राखिने छ । मतदान विहान ८ वजेवाट मध्यान्ह ३ वजे सम्म हुने छ । मतदानका लागि मतदाताहरु तोकीएको स्थानमा मात्र सहभागी हुन पाउने छन । मतदानका लागि मतदाताहरुले आफ्नो नागरिकता वा रेसिडेन्ट परमिटका साथ मतदानका लागि पठाइएको निमन्त्रणा पत्र साथमालिएर जानु पर्ने छ । यसरी संकलन भएको सवै मतलाई केन्द्रीय निर्वाचन आयोगमा गणना प्रकृयामा लगिने छ ।

मेयरमा कस्ले जित्ला ?
वेल्जियमको निर्वाचनमा अहिले देशका प्रधानमन्त्री इल द रुपो पनि मेयरमा उठेका छन । विभिन्न मन्त्रीहरु पनि मेयरका लागि उठेका छन । सांसदहरु प्रायस सवै निर्वाचनमा उठेका छन । के ति सवैले निर्वाचन जित्ने छन त ? एउटा गजवको कुरा के भने नी यहाँका कुनै पनि स्थापित नेताहरुले कहिलै पनि निर्वाचन हार्दैनन । नगरपालिकामा मेयरका लागि उठेका नेताहरुको पार्टीले प्राप्त गरेको मतको सामानुपातिकताको आधारमा उनीहरु सवैले निर्वाचनमा जित्ने छन । तर मेयर वन्ने र वनाउने भन्ने खेल अर्कै हो ।

मेयरका लागि उपयुक्त हुनलाइ उनिहरुले निर्वाचन जित्छन तर जितिसके पछि वन्ने नगर समितिको नेतृत्व गर्ने व्यक्ती नै मेयर हुने गर्छ । जस्तै आन्त्रोपेन शहरमा अहिले खास गरि पाँचजना नेताहरु मेयरका लागि प्रतिष्प्रधा गरिरहेका छन । वार्थ दे वेवर एनभिएका नेता । प्याट्रीक यान्सन एसपिएका नेता तथा वर्तमान मेयर ऽ कानूनमन्त्री आनी तुलटरवोम ओपन भिएलडे ऽ मारियाम आलमाची ग्रिन पार्ट्री ऽ फिलिप देउन्टर फलाम्स वलाङवाट र पेटर मेर्टीन पिभिडिआवाट । यी सवैले निर्वाचन जित्ने छन तर पेटर मेर्टीन पिभिडिको वारेमा चै अहिले नै केही भन्न सकिदैन । नगरपरिषद ५५ सदस्यको छ । त्यस पछि समिति वन्ने छ नगर समिति जसले नगरपालिकालाइ संचालन गर्ने छ त्यसका लागि नेपालमा सरकार वनाएको जस्तै सयुक्त क्वालिसन हुन्छ । जसले वहुमत पुराएर क्वालिसन तयार गर्छ उही नै नगर पिता हुने छ । यहाँ प्रोग्रेसिप र रिग्रेसिप क्वालिसन भन्ने हुन्छ । त्यसकारण प्याट्रिक यान्सनले जित्छ वा वार्थ दे वेभरले जित्छ भनेर कुरा गर्नुको खासै तुक छैन तर कसले नगरपालिको प्रमुख सम्माल्ला भन्ने कुरा चै भोली मात्र थाहा होला ।

को होला त आन्त्रोपेन शहरको मेयर ?
भोली हुने निर्वाचनको मुख्य आकर्षण भनेकै आन्त्रोपेन शहरको मेयरका रुपमा को आउला ? भन्ने नै हो । ९० वर्ष देखि अधिपत्य जमाएर वसेका सोसिलिष्टहरुलाई पछार्नु चानेचुने चुनौती छैन अन्य दलहरुलाई । करिव ३ लाख ३२ हजार मतदाता रहेको आन्त्तोपेन शहरको नगर पिता वन्न दौडमा अहिले एसपिएका प्याट्रीक यान्सन र एनभिएका पार्टी अध्यक्ष वार्थ वेभर विच कडा प्रतिप्रर्धा हुने देखिएको छ । यद्यपी मत सर्वेक्षणहरुले करिव १० प्रतिशत अगाडि वार्थ दे वेभरलाई निरन्तररुपमा देखाइरहेका छन । यदि मतसर्वेक्षण अनुरुप नै निर्वाचन भएमा एनभिएका अध्यक्ष वार्थ दे वेभर आन्त्रेपेनका नयाँ नगर पिता वन्ने पक्का पक्की देखिन्छ । वार्थ दे वेभरले कुन कुन पार्टीसंग सयुक्त नगरसमिति वनाउने छन भन्नेकुरा चै भोलीको निर्वाचनको परिमाण पछि मात्र थाहा हुने छ। उनले हिजो भएको डिवेटमा नै यो कुरा भनिसकेका छन हामी अहिले क्वालिसन तिर सोचेका छैनौ हामी धेरै सिट जित्ने प्रयासमा छौ भोली सम्म पर्खन सवैलाइ आग्रह गरेका छन ।

नेपाली उम्मेदवारहरुको के होला ?
वेल्जियमको गैर आवासीय नेपालीहरुको इतिहासमा नै पहिलो पटक निर्वाचनमा सहभागि भएका एनभिए पार्टीवाट कृष्णप्रसाद रेग्मी वरगरहट जिल्लावाट उम्मेदवार हुन भने लुवेन शहरवाट ग्रिनपार्टीवाट उम्मेदवार वनेका खड्क केसी तथा वरगरहट जिल्लावाट नै उम्मेदवार वनेका लिला शर्मा मानन्धर र विवेक मानन्धर सिडिएण्ड भे वाट। यस निर्वाचनमा कसैको रहर पुरा भएको छ भने कसै कसैले यस निर्वाचनलाई अवसरका रुपमा नै लिएका छन । पार्टीको हैसीयत र मत सर्भेक्षण अनुरुपको मत पार्टीलाइ प्राप्त भएको खण्ड वगरहट जिल्लामा रेग्मीको विजयी निश्चित जस्तै देखिन्छ । तर यो मतदानमा भोली हुने निर्णयले यसको तय गर्ने छ । यहाँ नेपालीहरुको मत जम्मा लगभग ४० वटा जति भएको हुदाँ यो मतले नसहयोग गर्न सक्छ न विगार्न नै सक्छ त्यसकारण यहीका स्थानियहरुको मत निर्णायक हुनेछ । तथापी यहाँका नेपालीहरुको एकवद्दता वलियो र मजवुद छ । सवै नेपालीहरुमा उत्साह थपिएको छ ।

त्यस्तै ३३२ नेपालीहरुको मत भएको लुवेनमा नेपाली र नेपाली समाजको उल्लेख योगदान भएको खण्डमा केसीले निर्वाचन जित्ने सम्भावना पनि उतिकै छ । उनले पार्टीगत तवरवाट करिव करिव अर्को ५०० मत ल्याउन सके र नेपालीहरु सवैले उनलाइ मात्र मत खसाले भने उनले जित्ने सम्भावना धेरै छ । तर वेल्जियमका नेपाली संध सस्थाहरुको पारा देख्दा यो प्राय असम्भव जस्तै देखिएको छ । त्यस्तै गरी लिला शर्माको प्रोभिन्समा ६ नंमा भएको र उनको सक्रीयताले सफलता पाएमा उनी निर्वाचित हुने देखिन्छ तर यहाँ नेपालीहरुको मत जम्मा १५० जति पनि छैन । १५० मतले उनलाइ कतै छुदैन । पार्टीको हैसियत यो शहरमा खासै छैन यो भन्दा अगाडि एनभिए संग मिलेर २ सिट जितेको उनको पार्टीले अहिले ६ सिट जित्नलाइ त्यस्तो एजेण्डा र चहल पहल केही छैन ।
एसियनहरुको सहयोगको अपेक्षा उनको छ । उनको मेहनत अनुरुप मत प्राप्त गर्न सकिन भने उनले सफलता प्राप्त गर्न सक्ने छिन तर उनको वेल्जिक समुदायसंग भन्दा वाहिर समुदायमा उनको प्रयास वढी छ । त्यस्तै प्रचार प्रसार नगरिएका विवेक मानन्धर पनि वरगरहट जिल्लावाट निर्वाचनमा उठाइएका छन । विवेक र लिला आमा छोरा हुन । आमा छोरा नै एउटै लिष्टमा मात्र होइन केही राजनैतिक दलहरु जो अस्तित्वका लडाइमा छन तिनीहरुले एकाघरका सवैलाइ उम्मेदवार वनाएका छन । छोरालाइ राजनीतिमा ल्याउन लिलाले गरेको पहल स्वागत योग्य भए पनि छोरा विवेको सक्रीयता राजनीतिमा देखिएको छैन र उनको उम्मेदवार केवल पार्टिको लिष्ट पुरा गर्नकै लागि मात्र भन्ने सहज अनुमान गर्न सकिन्छ ।

यद्दपी आन्त्तोपेन शहरमा वसोवास गर्ने सवै नेपाली दाजुभाइ तथा दिदिवहिनीहरुले लिलाको प्रोभिन्सीका लागि मतदान गर्न सक्रीय सहयोग पुराउन सकेको खण्डमा थप आशा गर्न सकिने छ । म स्वयंलाइ के लाग्छ भने यो निर्वाचनमा हार जित एक स्थानमा छ । यो एउटा प्रजातान्त्रिक प्रकृया हो यसलाई नै पहिलो र अन्तिम ठानिनु हुन्न । मेरो करिव दुइ वर्ष सदस्य भएर पार्टीले दिएको जिम्मेवार स्वीकार्दा मलाइ हार जितले खासै असर गर्ने छैन तर नेपालीहरुको प्रत्यक्ष सहयोग रहन सक्ने लिला जी र खड्ग जी प्रति नेपाली समाज किन यसरी अनुदार देखिएको यसको भेउ पाउन सकिएन । तर पनि यस पटकको निर्वाचनमा नेपालीहरुले खासै परिवर्तन गर्न सक्ने देखिदैन । तथापी वेल्जियमका नेपालीहरु विच यहाँको राजनैतिक चहल पहल र राजनैतिक चेतना भर्न भने यी नेपालीहरुको उम्मेदवारीले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।

वेल्जियमका नेपाली संघ सस्थाहरुको भूमीका ।
नेपालीहरु वेल्जियममा वसोवास गर्न थालेको एकाध दर्जन मानिसहरु वाहेक धेरैको वसाइ एक दशक भन्दा पुरानो छैन यस अवधिमा नेपालीहरुले विभिन्न क्षेत्रमा राम्रो फड्को मार्न सफल भएका छन साथ साथै स्थानीय राजनीतिमा समेत पकड जमाउने स्थितिमा पुगेका छन । वेल्जियममा करिव करिव ५०।५५ को संख्यामा गणना गरिएका नेपाली नाम झुण्डाइएका सस्थाहरु यहाँको स्थानीय निकायको निर्वाचनमा वेकम्मा मात्र भएनन वकुम्फुसे सावित भए । नेपालीहरुले मेहनत गरेर एक नेपालीलाइ वेल्जियमको नगरको सम्मानित स्थानमा देख्न पाउने सुवर्ण अवसर जानी नजानी गुमाए नेपाली भन्ने सस्थाहरुले । वेल्जियमा कुन चै जातको सस्था थिएन ? कुन चै जिल्लाको सस्था थिएन ? कुन चै राजनैतिक दलको सस्था थिएन ? विभिन्न रंगका र नामका कुन चै सस्था थिएन र यहाँको स्थानीय निकायका निर्वाचनमा उठेका र नेपालीको हैसियत देखाउने स्थानमा समेत एक वद्द हुन सकेनन ? खास गरि वेल्जियमको लुवेन शहरमा नेपालीहरुले एकमत देखाउन सक्न् पर्थो त्यो गरेनन नेपाली नामका सस्थाहरुले ।

कतिले एउटा नेपालीले पाएको यो अवसरलाई समेत अल्मलाउन र भड्काउने नाममा भिन्न सरोकार नै नभएका पार्टीका ढोकामा उम्मेदवार पाउने कसरी हो लौन भन्न समेत पुगे । यसले नेपालीलाइ फाइदा पुराउदैन ।यही ढोका चाहार्ने काम यस पटक एउटा नेपालीलाई सहयोग गर्न सके अवस्य अर्को पटक साथीहरुले पाउने नै थिए तर त्यसो भएन । त्यतिमात्र होइन केही नेपाली वेवसाइटहरुले भिन्न पार्टीका स्थानीय र पाकिस्तानीलाइ नमस्ते गर्न लगाएर नेपालीका विरुद्द नै प्रचार प्रसार वाजी गरे । कालान्तरमा यसले नेपाल र नेपाली समुदायलाई नोक्सान पुराउछ भन्ने कुरा नेपालीहरुले विर्सिए ।

सुन्दरी प्रतियोगितामा दिल ज्यान लगाएर दौडने एनआरएन समेत यो अभियानमा सुन्य सक्रीय देखियो । नेपाली दुतावास र नेपाली प्रतिनिधिहरुको त के कुरा गराइ भयो र । मेरो निर्वाचनका सवालमा वेल्जियमका रहेका नेपाली दाजुभाइ जतिले सहयोग पुराउन सक्नु हुनेथियो सवैले हार्दीकताका साथ पुराउनु भो । जसले सहयोग पुराउन पनि सक्दैन्थो र जसलाई यहाँ मतदानको अधिकार समेत थिएन त्यस्ता केही भलाद्मी महोदयहरुले साँझ साँझमा पोष्टर च्याद्दै पनि हिड्नु भएछ । पोष्टर राखेका नेपाली दाजुभाइलाइ झिक्न दवाव दिदै पनि हिड्न भ्याउनु भएछ खैर यो उहाँहरुको विवेक मैले सलाम गरे ।

कृष्ण प्रसाद रेग्मीलाई सहयोग पुराउन सकिने ठाउ थिदै थिएन भने लिला शर्मा ऽ विवेक मानन्धर र खड्क केसीको हकमा नेपाली समाज कता हरायो ? भन्ने सवाल अहिले जताततै उठेको छ । सानो होष्टेमा हैसे पुराउन सकिने अवस्थालाई कथित नेपाली समाजका हकवालाहरु कता वेफुर्सदी भएका हुनु यो नेपाली समाजका मानिसहरुले नै जानुन । मलाइ गुनासो यत्ति हो ऽ नेपालीहरुले वल गरेर सकारात्मक नतिजा ल्याउन सकिने लुवेन शहरमा दर्जनौ नेपाली सस्थाहरु कता गए?

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१

काठमाडौं । विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज बिहानसम्म ९५ जनाको मृत्यु

न्युयोर्क । कोभिड महामारी अर्को वर्ष पनि फैलिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रक्षेपण गरेको छ । गरिब देशका नागरिकले