प्रचण्डलाई बिश्वास गर्ने सबै आधार समाप्त भयो: कांग्रेस सभापति कोइराला

२८ आश्विन २०६९, आईतवार ०८:२२ मा प्रकाशित

बर्दिया, २८ असोज । कांग्रेस सभापति सुशील कोइरालाले एमाओवादीका कारण दलहरु बीच आपसी विश्वासको वातावरण बन्न नसकेको बताएका छन् । कोइरालाले बिगतमा भएका सहमति र सम्झौता समेत एमाओवादीकै कारण संकटमा परेको बताउदै प्रचण्डको कुरामा विश्वास गर्ने सबै आधार समाप्त भएको जिकिर गरे । बर्दियामा शनिबार आयोजित प्रशिक्षण कार्यक्रमको उद्‌घाटन गर्दै सभापति कोइरालाले संविधानसभा ब्युँताउन नहुने धारणा राख्दै निर्बाचन राजनीतिक निकासको एक मात्र विकल्प भएको बताए । कोइरालाले माओबादीको दैध चरित्र प्रति लक्षित् गर्दै भने, प्रचण्डले रामचन्द्र पौडेल, शेरबहादुर देउवा, आफुलाई र एमालेका नेतालाई प्रधानमन्त्री बनाइदिने नाउँमा राजनीतिक अन्योल थोपरेका छन्। काँग्रेस फुटाउने प्रचण्डको भित्रि खेल सबैले बुझिसकेका छन् ।’ माओवादी संविधान र विधिलाई लत्याएको उनले आरोप लगाए । ‘अब माओवादी मूलधार राजनीतिमा नआए उसको पतन निश्चित छ,’ सभापति कोइरालाले भने । उनले सहमतीय सरकारको वातावरण भएन भने मुलुक ठूलो दर्घटनामा फस्ने खतरा रहेको बताए । कार्यक्रममा उपसभापति रामचन्द्र पौडेलले एमाओवादीकै कारण मुलुक राजनीतिक अस्थिरतामा फसेको बताए । कांग्रेस केन्द्रीय सदस्य रामशरण महतले २०७० को वैशाखमा निर्वाचन हुने भएकाले कार्यकर्तालाई संगठित भई प्रचार प्रसारका लागि तयार रहन आग्रह गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीलाई कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी दिन अस्वीकार गरेका छन्। कोरोना संक्रमणपछि बलम्बुस्थित

सुर्खेत।खाद्यान्नको चरम अभाव भएको हुम्लाको नाम्खा गाउँपालिका-६ स्थित लिमीमा २५० क्विन्टल खाद्यान्न पुर्‍याइएको छ । नेपाली सेनाको हेलिकप्टरबाट लिमीमा २

काठमाडौँ ।कोभ्याक्स सुविधाअन्तर्गत नेपालमा शुक्रबार कोभिड–१९ विरुद्धको मोर्डना खोप आउँदै छ । एक लाख ८८ हजार डोज आउने बताइएको उक्त

काठमाडौं।नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन महाधिवेशन पछाडि हुने भएको छ । केन्द्रीय निर्वाचन समितिको बिहीबारको बैठकले आजका मितिसम्म अधिवेशन हुन

आजको प्रमुख समाचार