राष्ट्रपति ओबामा र उनको दलनै अल्पसंख्यकको हितमा: प्राध्यापक अम्बिका अधिकारी

२८ आश्विन २०६९, आईतवार ०४:०१ मा प्रकाशित

पुरुषोत्तम ढकाल, अमेरिका, २८ असोज । अमेरिकी नीति निर्माण तहमा पहुँच राख्ने प्राध्यापक अम्बिका अधिकारीले आसन्न राष्ट्रपति निर्बाचनमा बराक ओबामाले अघि सारेको एजेन्डाले अल्पसंख्यक समुदायको साझा मुद्दा शिक्षा, स्वास्थ्य र रोजगारमा सहज र सुलभ पहुँच निर्माण गर्ने हुदाँ उनको दल डेमोक्र्याट पार्टीलाई मत दिनु अल्पसंख्यक समुदाएको हितमा हुने विचार ब्यक्त गर्नु भएको छ । नेपाली मुलका अमेरिकीहरुको बिषयमा कुराकानी गर्दै प्राध्यापक अधिकारीले राष्ट्रपति ओबामाले अघि सारेको ‘ओबामा केयर’ मध्यम बर्गीय अल्पसंख्यकहरुको लागि सुलभ र कम खर्चिलो स्वास्थ्य योजना भएको हुदाँ ओबामानै अल्पसंख्यकको हितमा काम गर्ने उम्मेदबारभएको विचार ब्यक्त गर्दै आसन्न राष्ट्रपति निर्बाचनमा बराक ओबामालाइ मत दिन नेपाली समुदाय संग आग्रह समेत गर्नु भएको हो । अधिकारीको भनाइ थियो, ‘पहिलो पुस्ताको नेपालीहरुले राष्ट्रपति बराक ओबामाले अल्पसंख्यकहरुको हितमा अघि सारेको ओबामा केयर सुलभ र कम खर्चिलो स्वास्थ्य योजना, शिक्षामा सहुलियत, कर दर नबढाउने लोक कल्याणकारी कार्यक्रमहरुका आधारमा पनि हामीले राष्ट्रपति ओबामा र उनको दललाई मत दिनु उपयुक्त हुन्छ ।’ अधिकारीले आसन्न राष्ट्रपतिको निर्बाचनका डेमोक्र्याट उम्मेदबार ओबामानै उपयुक्त उम्मेदबार भएको र अल्पसंख्यकको हितमा काम गर्ने दल डेमोक्र्याट भएको हुदाँ आफुले इमिग्रेन्टहरुका हितमा काम गर्ने राष्ट्रपति ओबामा र उनको दल डेमोक्र्याटलाई समर्थन दिदै आएको बताउदै आसन्न राष्ट्रपति निर्बाचनमा ओबामालाई मत दिने बताउनु भयो । अधिकारीले पहिलो पुस्ताको नेपाली मुलका अल्पसंख्यक अमेरिकीहरुको संख्या करिव तिन लाखको हाराहारीमा रहेको बताउदै बिस्तारै अल्पसंख्यक नेपालि मुलका अमेरिकीहरु पनि राजनीति, सुचना प्रबिधि र शिक्षाको क्षत्रेमा दर्बिलो उपस्थिति बनाउन सफल रहेको दृष्टान्त समेत प्रस्तुत गर्नु भयो । उहाँले अमेरिकी आर्थिक गतिविधिमा सहभागिता जनाउन नेपाली समुदायले अग्रणी भूमिका निर्बाह गर्ने बेला आएको समेत बताउनु भएको छ । प्राध्यापक अधिकारीले नेपाली समुदायको एजेन्डा भनेको समुदायलाई यहाँको सामाजिक, आर्थिक र सैक्षिक हैसियत बनाउन योग्य बनाउनु भएको हुदाँ नेपाली मुलका ब्यबसायिक संघ संस्थाहरुलाई यस क्षेत्रमा काम गर्न अनुरोध गर्नु भयो । नेपाली समुदाय कसरि अमेरिकी राजनीतिको मुलधारमा सहभागी हुन सक्छन भन्ने हाम्रो प्रश्नको जवाफमा अधिकारीले भन्नु भयो, ‘हामी पहिलो पुस्ताको नेपाली हौ, अब बेला भएको छ अमेरिकी समुद्यामा सक्रिय सहभागिता जनाउदै आफुलाई अमेरिकी समुद्यामा घुलमिल गर्ने र अमेरिकी राजनीतिको मुलधारमा सहभागी हुने’, उहाँको भनाइ थियो । नेपाली मुलका अमेरिकीहरुलाई अधिकारीको बिशेष आग्रह थियो, ‘आसन्न निर्बाचनमा काँग्रेस म्यान,सिनेटरलाई समेत मत दिनु पर्ने हुदाँ हाम्रो समुदाएको मुद्दामा समेत उम्मेदबारहरुसंग छल फल गर्ने र समुदयको एजेन्डामा सहमत गराउने ।’ अधिकारीको भनाइ थियो, ‘हामी पहिलो पुस्ताको हौ र स्वभावत हाम्रो मानसिकता मूल देशको सामाजिक र राजनीतिकसंग प्रभावित छ तर अब बिस्तारै अमेरिकाको शिक्षा, स्वास्थ्य, र सामाजिक जिबनसंग समाहित हुन अगुवाहरुको भूमिका आवश्यक छ जसले हाम्रो उपस्थिति इज्जतदार बनाउन सकोस ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरु हारेर भन्दा पनि नेपाली समाजको रुपान्तरण र जनताको हितका लागि

काठमाडौँ । राष्ट्रियसभाका २० जना सांसदहरुको पदावधि सकिँदैछ । यसै वर्षको फागुन २० मा उनीहरुको पदावधि सकिन लागेको हो ।

पाँचथर । साेमबार बिहान पाँचथरको फिदिम नगरपालिका–४ सरखण्डेमा भएको बस दुर्घटनाका यात्रु तीन घण्टादेखि थप उपचारको प्रतीक्षामा छन् । जिल्ला

काठमाडौँ।नेपाल बार एशोसिएसनले पनि प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको राजीनामा मागेको छ । न्यायलय जोगाउन प्रधानन्यायाधीश जबराको राजीनामा अपरिहार्य भएको उसले ठहर