बैंक भवन बैद्य पक्षको कब्जामा फिर्ता गर्ने निर्णय नै भएको छैन जिल्ला ईन्र्चाज श्रेष्ठ

२७ आश्विन २०६९, शनिबार २०:५४ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, २७ असोज । तत्कालिन नेकपा माओवादीले २०६१ सालमा कव्जा गरेको राष्ट्रिय बाणिज्य बैंकको क्षेत्रीय कार्यालय बुटवलको भवन झण्डै ९ वर्ष वित्दासम्म पनि छाडेका छैनन ।
बुटवलको मुटु मानिने बुटवल नगरपालिका वार्ड नं. ६ मा पर्ने सिदार्थ राजमार्गको पूर्व पाल्पा रोडमा रहेको सो भवन तत्कालिन माओवादीले २०६१ सालको भदौमा बम विष्फोट गराएका थिए भने बैंकिङ्ग कारोवार समेत सञ्चालन हुँदै आएको भवन क्षेत विक्षत भएपछि कार्यालय पोखरा सारिएको अवस्थामा सोही सालको माघमा माओवादीले आफ्नो कव्जामा लिएका थिए ।
सो भवनलाई माओवादीलो आफ्ना जनवर्गिय संगठनहरुको कार्यालयको रुपमा प्रयोग गर्दै आएका थिए । पछि माओवादी सरकारमा गएपछि पटक पटक अध्यक्ष पुष्पकमल दाहालले कव्जा सम्पत्ति फिर्ता गर्ने सहमतिमा हस्ताक्षर गरेपनि त्यो भने पालना हुन सकेको थिएन तर अहिले रातो घर नेकपा–माओवादी(बैद्यपक्ष)को कव्जामा पुगेको हो ।
एमाओवादीका पोलिटव्यूरो सदस्य देवेन्द्र पौडेलले सरकारले सो भवन फिर्ता गर्ने सहमति पछि आफूहरुले चाँदवारीमा कार्यालय स्थापना गरिएको बताए । बैद्य पक्षका जिल्ला इञ्चार्ज बसन्त श्रेष्ठले आफूहरुले प्रयोग गर्दै आएको सो भवन फिर्ता गर्नका लागि हाल सम्म पार्टीले कुनै पनि निर्णय नगरेको दावी गरे ।
माओवादीले सो भवन कव्जा गर्ने समयमा बैंक बेच्ने तरखरमा थियो भने कर्मचारी संञ्चय कोषले लिने समेत सहमति भएको थियो । माओवादीले कव्जा गरेको भनन नछाडेकै कारण बिक्रि समेत रोकिएको बैंक सम्बद्ध स्रोत बताउँछ । बैंकको क्षेत्रीय कार्यालयको रुपमा सञ्चालन गरिएको सो स्थानमा ११ कट्ट्ठा जग्गा मध्ये २ कट्ट्ठामा २ तले भवन छ भने बाँकी ९ कट्ट्ठा जग्गा चौरमा परिणत भएको छ । २०६५ साल तिर सामान्यतया ३ करोड पर्ने सो भवन र बाँकी जग्गालाई कर्मचारी सञ्चय कोषलाई १ करोड ९० लाखमा दिने सहमति भएको थियो ।
तर पछिल्लो समयमा सो घर माओवादीले छाडेमा बैंकले पून आफै भवन बनाई आफै सर्ने पनि दाउमा छ । तर माओवादीले झट्ट छोड्ने छाँट देखिन्न । नेकपा–माओवादीका जिल्ला इञ्चार्ज श्रेष्ठले अहिले तत्कालै त्यो परिस्थिती नभएको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि बोलाएका फुलकोर्ट बैठक अन्य न्यायाधीशले बहिस्कार गर्ने घोषणा गरेका छन् । आइतबार

जनकपुरधाम । कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति र पदाधिकारीहरूकै स्वार्थ र लापरबाहीले पार्टी अवैधानिक हुने अवस्थामा पुगेको आरोप लगाएका छन्

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा संघीयता उल्टाउने प्रयत्न भएको बताएका छन् । आइतबार काठमाडौंमा पदम

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि बेलायतका राजदुत निकोला पोलिटबीच शिष्टाचार भेट भएको छ । आइतवार मन्त्रालयमा भएको

आजको प्रमुख समाचार