खुला सीमानाका कारण सुनौलीबाट सामान खरिद गर्दा भैरहवामा व्यापार कम

२७ आश्विन २०६९, शनिबार २०:५३ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, २७ असोज । नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गरेर रूपन्देही क्षेत्र दसैँ बजार सञ्चालनको तयारी भएका छन् । बुटवल उद्योग वाणिज्य संघ, रूपन्देही व्यापार संघले विगतका वर्षमा जस्तै दसैँ बजार सञ्चालन गर्ने तयारीमा जुटेका छन् । सिद्धार्थनगर उद्योग वाणिज्य संघ पनि यो वर्षदेखि बजार सञ्चालन गर्दैछ । उता साल्ट ट्रेडिङ्ग लिमिटेडले भैरहवामा गत शुक्रबारदेखि छठ पर्वसम्म सस्तो बजार सुरु गरेको छ । बुटवल उद्योग वाणिज्य संघले असोज ३० गतेबाट ४ गतेसम्म बुटवलको कान्ति सभागृहमा सस्तो बजार सञ्चालन गर्दैछ । रूपन्देही व्यापार संघले पनि ४० स्थानमा सस्तो बजार सञ्चालन गर्ने तयारी गरेको छ । अहिलेको वर्षदेखि सस्तो बजार सञ्चालन गर्ने योजना बनाएको सिद्धार्थनगर उद्योग वाणिज्य संघले साल्ट टे«डिङ्ग लिमिटेड र नेसनल टे«डिङ्ग लिमिटेडसँग केही वस्तुहरू सहुलियतमा बिक्री गर्न प्रस्ताव पठाएको संघका अध्यक्ष विष्णु शर्माले जानकारी दिए ।
उनले भने– ‘सुनौलीमा भन्दा नेपालमा साबुन, हर्लेक्सलगायतका खाद्य वस्तुहरू सस्तो पाइने वस्तुहरू मूल्यबारे उपभोक्ताहरूलाई चेतना जगाउनको लागि पनि हामीले बजार सञ्चालन गर्नु आवश्यक छ । खुला सीमानाका कारण नेपाली उपभोक्ताहरू सुनौलीबाट सामान खरिद गर्दा सस्तोमा पाइने मानसिकताका कारण सीमापारि जाने गर्दा भैरहवामा व्यापार कम हुने गर्दछ । गतवर्ष विश्व हिन्दू महासंघको हलमा गर्दै आएको सस्तो दसैँ बजार उद्योग वाणिज्य संघ बुटवलले यस वर्ष स्टल वृद्धि गर्ने उद्देश्यले कान्ति सभागृहमा गर्न थालेको हो ।
संघले विमलराज भट्टराईको संयोजकत्वमा बनेको समितिले स्टल दर्ता, संघसंस्थासँग समन्वय गरिरहेको छ । बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र श्रेष्ठले विगतका वर्षमा २५ वटा स्टल मात्र रहेको दसैँ सस्तो बजारमा अहिले ४० भन्दा धेरै स्टल रहने बताए । उनका अनुसार खाद्यान्न, कपडा तथा सरकारी निकायसँग समन्वय गरी दूध, चिनीलगायतका वस्तुहरू स्टलमा रहने छन् । स्टल सरकारी निकाय र संघका सदस्यहरूलाई निःशुल्क उपलब्ध गराइन्छ भने ठूला कम्पनीबाट केही रकम ल्याई भाडा खर्च उठाउने छ ।
रूपन्देही व्यापार संघले जिल्लाका विभिन्न ४० स्थानमा दसैँ बजार गर्ने तयारीमा छ । खासगरी ठाउँ–ठाउँमा चिनी बिक्री गर्ने रूपन्देही देवदह, मुर्गिया, सालझन्डी, नयाँगाउँ, फर्साटिकर, कोटिहवालगायतका स्थान विगतका वर्षमा जस्तै यो दसंैमा बजार सञ्चालन गर्नका लागि कृष्ण घिमिरेको संयोजकत्वमा समिति गठन गरी काम अगाडि बढाएको अध्यक्ष टंक पोखरेलले जानकारी दिए । उनका उनुसार चिनी सरकारले व्यापार संघलाई उपलब्ध गराउने निर्णय अझै नगरेकोले कति स्टल राख्ने, कुन–कुन स्थानमा राख्ने भन्नेमा निर्णय हुन बाँकी छ ।
चिनी व्यापार संघलाई सरकारले सहुलियतमा उपलब्ध गराउने विषयमा शनिबारसम्म निर्देशन नदिएको साल्ट टे«डिङ्ग लिमिटेड भैरहवा प्रमुख हरिचन्द्र श्रेष्ठले बताए । उनले हाल सुलभ मूल्यमा काठमाडांैलगायत देशका २३ स्थानमा साल्ट ट्रेडिङ्ग लिमिटेडले सस्तो बजार सञ्चालन गरी ७१ रूपैयाँमा चिनी वितरण गरे पनि त्यो सबै ठाउँमा कठिन हुनेछ । रूपन्देहीका निम्ति प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालले चिनीको विषयमा छलफल भइरहेको भन्दै सरकारले बिक्री गरेको ७१ रूपैयाँभन्दा कममा दिन नमिल्ने बताए । रूपन्देही व्यापार संघले २० मेट्रिक टन चिनी माग गरेको छ । उसले गाउँ–गाउँ सस्तो चिनी उपलब्ध गराउने दाबी गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

तनहुँ । पर्यटकीय नगरी बन्दीपुर दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि थला पर्‍यो । पाहुनाको स्वागतमा आतुर यहाँका होटल व्यवासीय कोरोना

जुम्ला । जुम्लाका किसानलाई काली मार्सी धान काट्न चटारो भएको छ । जुम्लाका आठवटै स्थानीय तहमा रहेका खेतका फाँटमा मार्सी

बुटवल । रूपन्देहीका होटलमा मात्रै झण्डै २५ अर्बको लगानी पुगेको छ । पर्यटन व्यवसायीका अनुसार रुपन्देहीमा साना ठूला गरी दुई

यही असोज २१ देखि २९ गतेसम्म सवारी दुर्घटनामा परी सुदूरपश्चिम प्रदेशमा नौजनाको ज्यान गएको छ भने १७ गम्भीर र छजना