माओवादीको अर्को धोखाधडी संविधानसभा पुनःस्थापना: एमाले वरिष्ठ नेता नेपाल

२७ आश्विन २०६९, शनिबार २०:४९ मा प्रकाशित

काठमाडौँ, २७ असोज । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले एमाओवादीले पछिल्लो पटक संविधानसभा पुनःस्थापनाको कुरा उठाएर जनतालाई धोका दिने काम गरेको आरोप लगाउनुभएको छ । एमाले रौतहट–काठमाडौँ सम्पर्क मञ्चद्वारा आज यहाँ आयोजित विजयादशमीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले संविधानसभाको पुनःस्थापना वा नयाँ चुनावमा जाने बारेमा एमाओवादीले अडान लिन नसकेको समेत बताउनु भयो । संविधानका विवादित विषयमा सहमति गरेर सर्वदलीय, सर्वपक्षीय, सहमतीय राष्ट्रिय सरकारको नेतृत्वमा नयाँ चुनावमा जानुपर्ने उहाँको भनाइ थियो ।
नेता नेपालले भन्नुभयो, “विस्तृत शान्ति सम्झौतापछि भएका सबै सहमतिहरु दलहरुले कार्यान्वयन गरेको खण्डमा शान्ति र संविधान निर्माण प्रक्रिया टुङ्गोमा पुग्ने थियो र अन्योलपूर्ण वर्तमान राजनीतिक अवस्था निकासतर्फ अगाडि बढिसक्ने थियो, अब कार्यान्वयन विनाका सहमति गर्नुको कुनै अर्थ छैन ।” एमाले नेता लालबाबु यादवले मधेसी मुद्दालाई ओझेलमा पारेर राज्य, सरकार र कुनै पनि राजनीतिक पार्टी अगाडि बढ्न नसक्ने बताउनुभयो । पूर्व सभासद् सरला यादवले रौतहट जिल्लाको विकासका लागि सरकार गम्भीर नभएको भन्दै विकासका लागि रौतहटवासी एक हुनुपर्ने बताउनुभयो ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

तनहुँ । कात्तिकको सुरुवातसँगै भएको बेमौसमी वर्षा तनहुँमा शनिबारदेखि रोकिएको छ । सोमबारदेखि बल्ल घाम लाग्न सुरु भए पनि मौसम

काठमाडौँ ।नयाँ संविधान २०७२ कार्यन्वयनमा आएपछि मुलुक संघीय संरचना अनुसार सञ्चालित छ । मुलुकमा संघीयताको स्थापनासँगै सिंहदरवारमा निहित अधिकार जनताको

काठमाडौँ ।राज्य संचालनका लागि नभई नहुने र चल्नै पर्ने तीन अंग यतिबेला लथालिङगको अवस्थामा छन् । कार्यपालिका, व्यवस्थापिका र न्यायापालिका

काठमाडौँ ।प्रधानन्यायाधीशबाटै न्यायालयको स्वच्छता, स्वतन्त्रता र गरिमा संकटमा परेपछि न्यायाधीशहरुले नै ‘फुलकोर्ट’ बहिष्कार गर्ने ऐतिहासिक निर्णय गरे । न्यायाधीशहरू अदालतभित्र

आजको प्रमुख समाचार