प्रधानमन्त्री भट्टराई शनिबार महोत्तरीको मुसहर बस्तीमा बास बस्ने

२७ आश्विन २०६९, शनिबार १०:२३ मा प्रकाशित

काठमाडौं, २७ असोज । महिनाको एकपटक जनताको घरमा बास बस्ने प्रधानमन्त्री डा.बाबुराम भट्टराईको कार्यक्रम अन्तर्गत शनिबार प्रधानमन्त्री भट्टराईले तराईको जिल्ला महोत्तरीको मुसहर बस्तीमा रात बिताउने भएका छन् । प्रधानमन्त्री भट्टराई महोत्तरीको फुलकाह गाविसमा पर्ने मुसहर बस्तीमा बास बस्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री स्थानीय विसनी मुसहरको घरमा बास बस्ने व्यवस्था मिलाइएको छ । प्रधानमन्त्री आफ्नो बस्तीमा आउने थाहा पाएपछि स्थानीयबासिन्दा हर्षित भएका छन् । उनीहरू सरसफाइ र प्रधानमन्त्रीको स्वागतका लागि विशेष तयारीमा जुटेका छन् । प्रधानमन्त्री दिउँसो पौने ४ बजे काठमान्डुबाट जनकपुर हुँदै महोत्तरी पुग्नुहुने कार्यक्रम छ । प्रधानमन्त्रीको टोलीमा १६ सदस्य रहने उहाँका निजी सचिवालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । आज विजया दशमीको दोस्रो दिन । हिन्दु धर्मावलम्बीहरुले आज पनि दसैं हर्षोल्लासका साथ मनाइरहेका छन् । चितवनमा १०५

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा शुक्रबार आमा मिथिला पाण्डेका हातबाट बिहान १० बजेर २ मिनेटको शुभसाइतमा टीका ग्रहण

काठमाडौं । नेपालीहरूको महान चाड दसैँ जारी छ । यस वर्ष विजयादशमी २९ असोजमा परेको छ । यसपालिको दसैँमा नेपालका

काठमाडौं । वर्षमा चारवटा नवरात्रहरू पर्दछन् । जसको छुट्टाछुट्टै महत्त्व छ र शास्त्रले पनि यसलाई त्यहीअनुसार व्याख्या गरेको छ ।