ताजा जनादेशकी, संबिधानसभा पुनर्स्थापना ठोश धारणा तय गर्न एमाले स्थायी समिति बैठक बस्दै

२७ आश्विन २०६९, शनिबार १०:१७ मा प्रकाशित

काठमाडौं, २७ असोज । ताजा जनादेशकी संबिधानसभा पुनर्स्थापना भन्ने बिषयमा दलहरु बीच राजनीतिक अन्योल बढी रहेको बेला एमाले स्थायी समिति बैठक आज बस्दै छ । पछिल्लो राजनीतिक परिस्थितिका विषयमा छलफल गर्न स्थायी समिति बैठक बस्न लागेको एमालेले जनाएको छ । बैठक बिहान ११ बजे सुरु हुनेभएको छ । राजनीतिक निकासका लागि संविधानसभा पुनःस्थापना र नयाँ चुनावमध्ये कुन विकल्पमा जाने भन्ने विषयमा दलहरू अलमल भइरहेको बेला थप छलफलका लागि बैठक बस्न लागेको बताइएको छ । एमालेले भने यसअघि नै संविधानसभामा जानुको विकल्प नभएको निष्कर्ष निकालिसकेको छ । पछिल्लो पटक एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमति जुटिसकेका विषयहरू समेटेर संविधान जारी गर्नुपर्ने र बाँकी विवादित विषयलाई संविधानसभाको चुनाव या जनमत सङ्ग्रहबाट टुङ्गो लगाउनुपर्ने प्रस्ताव अघि सारेको सम्बन्धमा पनि एमालेको आजको स्थायी समितिको बैठक छलफल हुने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१

काठमाडौं । विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज बिहानसम्म ९५ जनाको मृत्यु

न्युयोर्क । कोभिड महामारी अर्को वर्ष पनि फैलिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रक्षेपण गरेको छ । गरिब देशका नागरिकले