ताजा जनादेशमा जान दलहरुलाई यूरोपियन युनियनको आग्रह

२७ आश्विन २०६९, शनिबार १०:१२ मा प्रकाशित

काठमाडौ, २७ असोज । यूरोपियन युनियनले निर्वाचनमा गई नयाँ जनादेश लिन राजनीतिक दलहरूलाई आग्रह गरेको छ। यूरोपियन युनियनको तर्फबाट जारी विज्ञप्तिमा भनिएको छ ताजा जनादेशले राजनीतिक निर्णयलाई अझ बढि वैधानिकता दिने छ । विज्ञप्तिमा अगाडी भनिएको छ राजनीतिक दलहरू संविधानसभा पुनर्स्थापनाको मुद्दामा अझै छलफलमा अल्झेको भए पनि आउँदो निर्वाचन संविधानसभा वा संसदीय निर्वाचन कुन हुने भन्नेमा दलहरु स्पष्ट छैनन् । विज्ञप्तिमा जोड दिदै भनिएको छ, ‘राजनीतिक दलहरूले जुन बाटो रोजे पनि नयाँ जनादेशले राजनीतिक निर्णयलाई वैधानिकता दिने छ, ‘सरकारका सबै तहलाई जवाफदेही बनाउन स्थानीय र राष्ट्रिय निर्वाचन दुवै गर्न जरुरी छ।’नेपालका लागि डेनमार्क, फिनल्यान्ड, फ्रान्स, जर्मनी, नर्वे, स्विट्जरल्याण्ड र बेलायती दूतावासद्वारा संयुक्त रूपमा जारी विज्ञप्तिमा नेपालको शान्ति, प्रजातन्त्र, स्थीरता र समृद्धिका निम्ती सहयोग निरन्तर जारी रहने प्रतिबद्धता समेत दोहोर्‍याइएको छ । विज्ञप्तिमा दलहरु बीच भएका सहमति तथा प्रगतिलाई जोगाइराख्न समेत  दलहरूलाई आग्रह गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन उदघाटनको पूर्वसन्ध्यामा छ । अबको तीन दिनपछि काठमाडौंमा महाधिवेशन उद्घाटन हुँदैछ । महाधिवेशनमा सहभागी

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री भएकै आधारमा कृष्णप्रसाद सिटौला १३ औं महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बने । सुशील कोइरालाको निधनपछि

काठमाडौं । कमल थापा राप्रपा अध्यक्षमा पराजित हुन्छन् भन्ने कुरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कल्पनासम्म गरेका थिएनन् ।

काठमाडौं । एमालेको आडमा सयौं सर्वसाधारणको अरबौं रकम हिनामिना गरेका व्यापारी इच्छाराज तामाङ दुई महिनादेखि प्रहरी हिरासतमा छन् । सिआइबीले

आजको प्रमुख समाचार