एप्पलको आइफोन-५ नेपाली बजारमा आयो

२७ आश्विन २०६९, शनिबार ०४:५३ मा प्रकाशित

काठमाडौं । एप्पलले आइफोन-५ सार्वजनिक गर्दा संसारभर खुसि छायो तर नेपाली उपभोक्ता दुखि थिए । आइफोन-५ प्रतिक्षामा रहेका नेपालीलाई भने नानो सीम मात्र लाग्ने खबरले दुखी तुल्यायो । तर अब आइफोन-५ को प्रतिक्षामा रहेका उपभोक्ताहरुलाई नेपाली बजारमा आइफोन भित्रिएपछि त्यो चिन्ता हटेको छ । आइफोन-५ मा नेपाली मोबाइल प्रदायक कम्पनीको सीम प्रयोग गर्न सकिने भएको छ । र आइफोन-५ प्रतिक्षामा रहेका नेपालीले बजारमा सिधै आइफोन किन्न पाउने भएका छन् । एप्पलका उत्पादन सार्वजनिक भएको दुई साता नबित्दै नेपालमा भित्रिएको यो पहिलो पटक हो ।
आइफोन-५ पर्खिएका धेरै देशका प्रविधिप्रेमीले दुई साताअघि यो नयाँ फोन चलाउन पाएका हन् । त्यो पनि मोबाइल सेवा प्रदायक कम्पनीसँगको सहकार्यमा बेचिएका सेटमात्र । ती सेट किन्दा मोबाइल सेवा दिने कम्पनीको सेवा समेत प्रयोग गर्नै पर्ने हुन्छ । यसले गर्दा मोबाइलको मूल्य निकै महंगो पर्न जान्छ । नेपाली बजारमा न्युरोडको सिटिभी मोबाइलले आइफोन ५ भित्र्याएको हो । नानो सिम लाग्ने खबरले निराश भए पनि ग्याजेट प्रेमीको क्रेज देखेर सिटीभिका सञ्चालक अलाइभ ग्लाइडरले एउटा सेट झिकाएका थिए । त्यसमा उनले नेपाल टेलिकमको सीमलाई काटेर प्रयोग गरिहेरे । ‘सीम काट्न आइफोन ४ मा भन्दा सजिलो भयो, उनले भने, ‘आइफोन ५ मा नेपाली मोबाइल कम्पनीका सीम चलाउन समस्या हुँदैन ।’

प्रतिक्रिया
सम्बन्धित खवर

बेइजिङ । ट्विटरले चीन र रसियासहित छ देशका विभिन्न संघ संस्थाकाे अकाउन्ट हटाएकाे छ । सरकारकाे अनावश्यक प्रचार गरेकाे भन्दै

काठमाडौँ । राजधानीको पूर्वोत्तर भेगमा नेपाल टेलिकमले बाँडेको एडिएसएल इन्टरनेट सेवामा पटक–पटक समस्या आउँदा पनि समाधान नभएपछि ग्राहक मर्कामा पर्ने

काठमाडौँ । सरकारले नेपाल स्याटेलाइट प्रालि (हेलो नेपाल) लाई दिएको अनुमतिपत्र खारेज गरेको छ । शुक्रबार बसेको नेपाल दूरसञ्चार प्राधिकरण

काठमाडौँ । नेपालको आफ्नै भू–उपग्रह (स्याटेलाइट) राख्न आवश्यक अध्ययनका लागि चार कम्पनी छनोट भएका छन् । अन्तरिक्षमा आफ्नै भू–उपग्रह (स्याटेलाइट)

आजको प्रमुख समाचार