एनआरएनए चुनाव : मतदाता नामावली प्रकाशन (सूचीसहित)

२१ मंसिर २०७८, मंगलवार १७:५४ मा प्रकाशित

काठमाडौं । आगामी पुस ११ र १२ गते हुने गैरआवासीय नेपाली संघ (एनआरएनए)को मतदाता नामावली सार्वजनिक भएको छ । प्रकाशित मतदाता नामावालीउपर दावी विरोधको समय बुधबार अपरान्ह ४ बजेसम्मलाई दिइएको छ । उक्त समयभित्र संसोधन नियमित गर्न निवेदन नदिइए विधानअनुसार नियमावलीबाट नाम हटाइने जनाइएको छ ।

अफ्रिका, अमेरिका, एसिया, युरोप, मध्यपूर्व र ओसियानासहित अध्यक्षले चुनेका मतदाताको नामावली प्रकाशन गरिएको हो । मंसिर २४ गते मतदाताको अन्तिम नामावली प्रकाशन हुने भएको छ ।

मंसिर २५ (डिसेम्बर ११) मा उम्मेदवारको मनोनयन पत्र दर्ता, २६ (डिसेम्बर १२) मा उम्मेदवारको पहिलो नामावली प्रकाशन, २७ (डिसेम्बर १३)मा उम्मेदवारविरुद्ध दाबी विरोध, २८ (डिसेम्बर १४) मा उजुरीउपर निर्णय, २९ (डिसेम्बर १५) मा उम्मेदवारको दोस्रो नामावली प्रकाशन, पुस २ (डिसेम्बर १७) मा उम्मेदवारको मनोनयनपत्र फिर्ता गर्ने समय तोकिएको छ । त्यस्तै, पुस ३ (डिसेम्बर १८) मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने भएको छ ।

१० औं महाधिवशेनका लागि अध्यक्ष पदमा बद्री केसी, रविना थापा र कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन् । ४८ पदाधिकारीका लागि हुने निर्वाचनमा करिब १ सयजनाले उम्मेदवारी घोषणा गरेका छन् । संघको केन्द्रीय निर्वाचनका लागि ६४ देशबाट ३५ सयजना प्रतिनिधि छनोट भइसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

धनगढी । गैरआवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष कुमार पन्तसहितको एक टोलिले धनगढीस्थित रेडक्रसलाई मोबाइल बस हस्तान्तरण गरेको छ । हरेक

काठमाडौं । महाधिवेशन प्रतिनिधि चयनको विषयलाई लिएर विवाद बढेपछि महाधिवेशन गराउन समेत नसकेको गैरआवासीय नेपाली संघ (एनआरएनए) मा विवाद समाधान

काठमाडौं।गैरआवासीय नेपाली संघ (एनआरएनए) का सल्लाहकार तथा अध्यक्षका प्रत्यासी कुल आचार्यले राष्ट्रिय समन्वय परिषदले चयन गरेर पठाएका प्रतिनिधिलाई मात्र मान्यता

लण्डन।गैरआवासीय नेपाली संघ(एनआरएनए)का सल्लाहकार तथा अध्यक्षका प्रत्यासी कुल आचार्यले राष्ट्रिय समन्वय परिषदले चयन गरेर पठाएका प्रतिनिधिलाई मात्र मान्यता दिनुपर्ने बताएका