गुरुराज घिमिरे र भूपेन्दजंग शाहीको हारले कांग्रेसमा युवा नेतृत्व अझै कठिन

२१ मंसिर २०७८, मंगलवार २२:१५ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन उदघाटनको पूर्वसन्ध्यामा छ । अबको तीन दिनपछि काठमाडौंमा महाधिवेशन उद्घाटन हुँदैछ ।

महाधिवेशनमा सहभागी हुन जिल्ला जिल्लाबाट प्रतिनिधि काठमाडौं आउन थालिसकेका छन् । महाधिवेशनपछि कांग्रेसमा कस्तो नेतृत्व आउला भन्ने बहस चलिरहेका बेला दुई युवा नेताको पराजयले नेता कार्यकर्तामा गम्भीर चिन्ता देखिएको छ ।

प्रदेश १ र कर्णाली प्रदेश सभापतिमा क्रमशः गुरुराज घिमिरेको पराजयले नेपाली कांग्रेसमा युवा नेतृत्व अहिले नै सम्भव नरहेको विश्लेषण गर्न थालिएको छ ।

घिमिरे र शाहीलाई नेपाली कांग्रेसमा तुलनात्मक रूपमा अन्य युवा नेताभन्दा विचार र पार्टीको धारणा राम्रोसँग राख्न सक्ने युवा नेता मानिन्छ । घिमिरे नेविसंघका पूर्वअध्यक्ष र शाही नेविसंघको उपाध्यक्षका साथै तरुण दलका पूर्वमहामन्त्रीसमेत हुन् ।

तर, दुवै नेतालाई पाका कांग्रेस नेताहरूले निर्वाचनमा हराइदिए । यसले गर्दा अझै पनि कांग्रेसमा युवा नेतृत्व तत्काल आउन कठिन हुने हो कि भन्ने विश्लेषण र बहस सुरु भएको हो ।

यदि घिमिरे र शाही सभापतिमा निर्वाचित भएका भए गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, कल्याणकुमार गुरुङ, जितजंग बस्नेत, उदयशमशेर राणालाई निकै सहज हुने थियो ।

यी युवा नेताहरू कोही पदाधिकारी र कोही केन्द्रीय सदस्यका आकांक्षी छन् । महाधिवेशनमा युवा नेतृत्व ल्याउन अझै धेरै मिहिनेत गर्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रिपरिषद्का साथै आफ्नो सचिवालयलाई पूर्णता दिने तयारीमा जुटेका छन् । केही दिनयता प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्

काठमाडौं । काठमाडौंको क्षेत्र नम्बर १ प्रकाशमान सिंहले पछिल्लो ३ निर्वाचन जितेको क्षेत्र हो । विगतमा कृष्णप्रसाद भट्टराईदेखि लोकेश ढकाल

काठमाडौं । कांग्रेसमा सभापतिपछि सबैभन्दा शक्तिशाली पद हो– महामन्त्री । संगठन परिचालन गर्नेदेखि कार्यलय सञ्चालनसम्मको जिम्मेवारी महामन्त्रीको हो । गगन

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सय दिनमा गरेको कार्यप्रगति सार्वजनिक गरेका छन् । मन्त्रालयमा नै पत्रकार